Saturday, April 19, 2025

क्रिकेटर सन्दीप लामिछानेविरुछको बलात्कार सम्बन्धी मुद्दामा अर्को सुनवाइ यही भदौ २६ गते हुने भएको छ । अन्तिम सनुवाइका लागि आज काठमाडौं जिल्ला अदालतमा न्यायाधीश सकुन्तला कार्कीको इजालासमा भएको सुनुवाइ अधुरो भएपनि अर्को पटक सुनुवाइ हुने भएको हो ।

ताजा / भरखरै प्राप्त

आज लामिछाने पक्षका वकिलहरुले पीडित (जाहेरीकर्ता) गौशाला २६ को जन्मदर्ता र बसाइसराइका थप अभिलेख मगाउनुपर्ने जिकिर गरेपछि न्यायाधीश कार्कीले पीडितको जन्म दर्ता र बसाई सराइसम्बन्धी कागजात झिकाउने आदेश दिएकी छन् ।

कागजात झिकाउने अादेशसँगै अर्काे सुनुवाइ गर्न भदौ २६ का लागि पेसी तोकिएको हो । वकिलहरुले यसअघि पनि पीडित र उनकी आमाको उमेर ९ वर्ष मात्र फरक पाइएको भन्दै आमाको जन्म दर्ताको कागजात मगाउन लगाएका थिए । सोही कारण साउन ३२ मा हुने भनिएको अन्तिम सुनुवाई आजका लागि सरेको थियो । लामिछानेका वकिलहरुले पीडित नाबालिग नरहेको जिकिर गर्दै आइरहेका छ छन् ।

Previous article
हाइ टाइम भइसक्यो, क्रिकेट पूर्वाधारमा लगानी बढाउनुपर्छ : कप्तान पौडेलएसिया कपमा सहभागी भइ नेपाली राष्ट्रिय क्रिकेट टोली स्वदेश फर्किएको छ ।बुधवार राष्ट्रिय क्रिकेट टोली त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै स्वदेश फर्किएको हो । स्वदेश फर्किएपछि विमानस्थलमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान रोहितकुमार पौडेलले अब हाइ टाइम भइसकेकाले सरकारले इन्फास्ट्रक्चरमा लगानी बढाउनुपर्ने बताए ।उनले एकै ठाउँमा अभ्यास गरिरहँदा अभ्यास स्तर राम्रो बनाउन नसकिने बताए । भारत र पाकिस्तानसँग सपना पूरा भएको र खेलबाट खेलाडीले धेरैकुरा सिकेको उनले बताए । उनले सरकार र निजी निकायहरुले खेलाडीहरुमा लगानी बढाउनुपर्ने बताए ।उनले भने, ‘इण्डिया र पाकिस्तानसँग खेल्ने रहर जुन थियो, त्यो पूरा भएको छ । सबैले राम्रो महशुस गरिरहको छन् । यो वर्ष हाम्रो लागि राम्रो भयो । हामीले र कोच, समर्थक सबैको साथ र सहयोग पायौँ । विश्वकै उत्कृष्ट बलरले बल फालिँरहँदा हाम्रो तर्फबाट राम्रो खेल्दा पोजेटिभ फिल भइरहेको थियो । नयाँ अनुभव लिएका छौँ । अब हाइ टाइम भइसक्यो, अब इन्फास्ट्रक्चरमा लगानी गर्नुपर्छ । एउटै स्ट्रक्चरमा सबैले अभ्यास गरिरहनुपरेको छ । स्पशेली पिचहरु भए, ग्राउण्ड भए प्रिपेशन गर्न सकिन्छ । सबैले खेलाडीमा इन्भेष्ट गरेमा राम्रो हुन्छ ।’सञ्चारकर्मीहरुसँग कुरा गर्दै ओपनर ब्याट्सम्यान आसिफ शेखले राम्रो टिमसँग खेलेर राम्रो स्कोर बनाउँदा आत्मविश्वास बढेको बताए । उनले ड्रेसिङ रुममा भारतीय खेलाडीले मेडल लगाइदिँदा गर्व महशुस भएको बताए । उनले मेडल लगाइसकेपछि भारतीय क्रिकेटर विराट कोहलीले आफूले क्याच छोडिदिएकोमा एउटा मेडल आफूलाई पनि दिनुपर्छ भन्ने ठट्टा गरेको बताए ।उनले भने, ‘राम्रो टिमसँग राम्रो स्कोर गर्दा आत्मविश्वास बढेको छ । विराट कोहोलीले हामीलाई मेडल लगाइदिँदा धेरै नै प्राउड फिल भयो । अन्तिममा उहाँले एउटा मेडल मलाई पनि दिनु मैले क्याच छोडेँ नि त भन्नुभयो ।’विश्वका नम्बर वान ब्याट्सम्यान र टिमसँग खेलेपछि अब नेपाली खेलाडीहरु कुनैपनि बलियो टिमसँग निर्धक्क भएर खेल्न सक्ने भएको क्यानको बुझाइ छ । एसिया कपमा नेपालले विश्व क्रिकेटका दुई महाशक्ति भारत र पाकिस्तानसँग खेलेको थियो । भारत र पाकिस्तानसँग खेलेर फर्किएको टोलीलाई सशस्त्र प्रहरीको ब्याण्डले विमानस्थलमा बाजागाजासहित स्वागत गरेको थियो । क्रिकेट टोलीलाई स्वागत गर्न विमानस्थलमा समर्थकहरूको भीड लागेको थियो ।
Next article
वैदेशिक रोजगारमा पठाइदिने भन्दै ठगी गर्ने एक पक्राउसर्लाही — वैदेशिक रोजगारीको प्रलोभन देखाइ विभिन्न व्यक्तिबाट रकम ठगेको आरोपमा सर्लाही प्रहरीले एकजनालाई पक्राउ गरेको छ । सर्लाहीको हरिवन नगरपालिका–११ का ४० वर्षीय मिनबहादुर कार्कीलाई प्रहरीले पक्राउ गरेको हो । पक्राउ परेका कार्कीले जिल्लाका विभिन्न स्थानका १३ जनालाई विभिन्न देशमा पठाइदिने भनेर ८७ लाख नगद उठाएका छन् । कार्कीविरुद्ध वैदेशिक रोजगार विभागमा उजुरी परेपछि नियन्त्रणमा लिइएको प्रहरी उपरीक्षक नरेशराज सुवेदीले जानकारी दिए । उनका अनुसार पक्राउ परेका कार्कीलाई आवश्यक कारबाहीका लागि काठमाडौं पठाउने तयारी भइरहेको छ ।यस आर्थिक वर्षमा वैदेशिक रोजगारीमा ठगी, साइबर क्राइम तथा बैंकिङ कसुर आरोप लागेको १२ जनालाई काठमाडौं पठाइसकिएको जिल्ला प्रहरी कार्यालयको तथ्यांक छ ।
spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles