Tuesday, October 22, 2024

नक्कली नेपाली नोटसहित एकजना पक्राउकाठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको प्रहरी टोलीले नेपाली नक्कली नोटसहित एक जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।पक्राउ पर्नेमा गोरखा जिल्लाको गोरखा नगरपालिका–४ धारापानी घर भई हाल काठमाडौँ नागार्जुन नगरपालिका–८ भीमढुङगा बस्ने ३८ वर्षीय गौरव थापा रहेका काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता तथा प्रहरी उपरीक्षक रवीन्द्र रेग्मीले राससलाई जानकारी दिए।उनका अनुसार काठमाडौँ महानगरपालिका–१५ स्वयम्भू क्षेत्रमा नक्कली नेपाली नोटको कारोबार भइरहेको छ भन्ने सूचनाका आधारमा कार्यालयबाट खटिएको विशेष प्रहरी टोलीले रू एक लाख (एक हजार दरका एक सय थान) नक्कली नेपाली नोटसहित निजलाई पक्राउ गरिएको हो ।पक्राउ परेका थापालाई आवश्यक कारबाहीका लागि जिल्ला प्रहरी परिसर काठमाडौं पठाइएको उपत्यका अपराध अनुसन्धान कार्यालय मीनभवनले जनाएको छ ।बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी पक्राउबैंकिङ कसुर मुद्दाका फरार प्रतिवादीलाई आज काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको प्रहरी टोलीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा काठमाडौँ महानगरपालिका–३ बस्ने ५२ वर्षीय हरिभक्त पराजुली रहेका कार्यालयका प्रवक्ता तथा प्रहरी उपरीक्षक रेग्मीले जानकारी दिए।“काठमाडौँ जिल्ला अदालत बबमहलबाट बैंकिङ कसुर मुद्दामा पक्राउ पुर्जी जारी भई फरार रहेका प्रतिवादी पराजुलीलाई कार्यालयबाट खटिएको प्रहरीको टोलीले आज ललितपुर महानगरपालिका पुलचोकबाट पक्राउ गरी आवश्यक कारबाहीका लागि प्रहरी वृत्त महाराजगन्ज काठमाडौँ पठाइएको छ”, उनले भने।

ताजा / भरखरै प्राप्त

Previous article
भोजपुरको टक्सार बजारमा युवाहरुबीच खुकुरी हानाहान, २ जना घाइतेभोजपुर । भोजपु्रको टक्सार बजारमा खुकुरी प्रहार भएको छ । कृष्णजन्माष्टमी मेला भर्न गएका भोजपुर नगरपालिका – ६ देउराली र नगरपालिका–१२ टक्सारका युवाहरुबीच झगडा हुँदा खुकरी प्रहारबाट दुई जना घाइते भएका छन् ।घाईते हुनेमा भोजपुर नगरपालिका–९ का वर्ष २६ को अमुल राई र सोहि ठाउँ बस्ने वर्ष २८ का अनिल राई रहेका छन् ।घाइते दुई जनालाई खुकुरीको टुप्पोले पछाडी ढाडमा लागेर समान्य चोट लागेको बताइएको छ । घाइतेहरुको हाल जिल्ला अस्पताल भोजपुरमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ ।देउराली र टक्सारका युवाहरुबीच पहिला सामाजिक सञ्जालमा भनाभन भएको र त्यसलाई नै लिएर मेलामा झगडा भएको जनाइएको छ । झगडामा संलग्न रहेका ५ जनालाई प्रहरीले नियन्त्रणमा लिएर थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय भोजपुरका प्रहरी निरीक्षक विशाल लिम्बूले जानकारी दिए ।
Next article
थाइल्याण्डलाई जित्न नेपालले १०६ रन बनाउनुपर्नेमलेसियामा भइरहेको आईसीसी महिला टी-२० विश्वकप एसिया छनोटमा नेपालले थाइल्याण्डलाई हराउन १०६ रन बनाउनुपर्ने भएको छ ।बांगीस्थित युकेएम वाइएसडी ओभलमा टस हारेर पहिले ब्याटिङ गरेको थाइल्याण्डले २ विकेट गुमाएर १०५ रन बनाएको हो।सुरूमै विकेट गुमाएपछि सुस्त सुरुवात गरेको थाइल्याण्डले ओपनर नानापात खोज्जारोएन्काईको अर्धशतक मद्दतमा सय रन कटाएको थियो। नानापात बोङ्खारोएन्काईले ६३ बल खेल्दै ४ चौका मद्दतमा अभिजित ५९ रन बनाइन् ।खेलको पहिलो ओभरमै नेपालकी कविता कुँवरले थाइल्याण्डकी ओपनर सुवानान खाइआओटोलाई रुविना क्षेत्रीबाट क्याचआउट गराएकी थिइन्। तर त्यसपछि नानापात बोच्चारोएन्काई र नाथाकान चान्यमले दोस्रो विकेटका लागि ६८ रनको साझेदारी गर्दै रन उकासेका थिए ।१७औं ओभरमा पूजा महतोले काजल श्रेष्ठबाट क्याच आउट गराउँदै यो साझेदारी तोडिन् । चान्यमले ३१ रन बनाइन् । नेपालक लागि कविता र पुजाले समान एक विकेट लिए ।
spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles