Friday, March 14, 2025

सशस्त्र प्रहरी बल पर्साबाटएउटै नम्बर प्लेटका दुई वटा ट्रक नियन्त्रण

ताजा / भरखरै प्राप्त

वीरगञ्ज । २०८०।०५।३० गते सशस्त्र प्रहरी बल, नेपाल FOB ICP बाट खटिएको मोबाईल गस्ती टोलीले वी.म.न.पा. – १७ स्थित ICP ईलाकाबाट एउटै नम्बर प्लेट (UP70FT2525) भएका २ वटा भारतीय ट्रक ( १ वटा खाली ट्रक र १ वटा मकै लोड गरिएको ट्रक) नियन्त्रणमा लिई आवश्यक कारवाहीको लागि वीरगंज भन्सार कार्यालय बुझाउने प्रक्रियामा रहेकाे छ ।

Previous article
कसैलाई काखा पाखा नगर्ने : सांसद किसान श्रेष्ठबारा । पूर्व मन्त्री तथा बारा ४ का सङ्घीय सांसद किसान श्रेष्ठले आफू बारा ४ नं क्षेत्रका सबै जनताको साझा जनप्रतिनिधि भएकोले कसैलाई काखा पाखा नगर्ने बताएका छन् । साना किसान कृषि सहकारी संस्था सिमराको नवौँ वार्षिक साधारण सभा तथा तेस्रो अधिवेशन कार्यक्रममा बोल्दै सङ्घीय सांसद श्रेष्ठले मङ्सिर ४ अघि तत्कालीन वाम लोकतान्त्रिक गठबन्धनको तर्फबाट कलम चिन्ह लिएर उम्मेदवार भए पनि मङ्सिर ४ पछि सबैको साझा जनप्रतिनिधि भएको बताएका छन् ।‘मङ्सिर ४ गते पछि म बारा ४ नं क्षेत्रको सबै जनताको साझा जनप्रतिनिधि हुँ, कसैलाई काखा पाखा गर्ने यो टोल बाट मलाई भोट आयो यो सहकारीबाट भोट आएन भनेर पक्षपात गर्दिन’ सङ्घीय सांसद श्रेष्ठले भने ‘जनताको माया, भरोसा विश्वासलाई टुट्न नदिने गरी काम गर्ने प्रतिबद्धता जनाउँदछु’
Next article
spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles