Saturday, March 15, 2025

पर्साको बिरगंजमा नगवाबाट १० लाख बराबरको तस्करीको कपडा सशस्त्र प्रहरीद्वारा बरामद :समाचारबिरगंजको नगवाबाट १० लाख बराबरको तस्करीको कपडा सशस्त्र प्रहरीद्वारा पक्राउ ।१ असोज । बिरगंज

ताजा / भरखरै प्राप्त

सशस्त्र प्रहरी बल नेपाल पर्साले भन्सार छली चोरी तस्करीको विभिन्न अबैध सुटिङ सर्टिङ, लहङगा कपडाहरु बिरगंजको १६ नगवाबाट पक्राउ गरेको सशस्त्र प्रहरी ले जनाएको छ।

सोमबार राति ३:३० बजेको समयमा वीरगंज महानगरपालिका वडा नं -१६ नगवा स्थित सीमा ईलाकाबाट प्रस्तावित सीमा सुरक्षा गुल्म बिरगंजको गुल्मपती सशस्त्र प्रहरी नायव उपरीक्षक देबेन्द्र बहादुर सिंहको कमाण्डमा खटिएको टोलीले बिशेष सूचना को आधारमा भारतबाट अबैध रुपमा भन्सार छली नेपालतर्फ ल्याउदै गरेको विभिन्न कपडाहरु पक्राउ गरेको सशस्त्र प्रहरी बल पर्साका प्रवक्ता सशस्त्र प्रहरी नायब उपरीक्षक संगम श्रेष्ठले जनाएका छन् ।

तस्करी समान पक्राउ गरेको अबैध कपडाहरुको रु. १० लाख ३ सय बराबरको मुल्यांकन गरी आवश्यक कारवाहीको लागि बीरगंज भन्सार कार्यालय मा बुझाएको सशस्त्र प्रहरी बल गण न.१३ पर्साले जनाएको छ।

Previous article
Next article
आज गणेश चतुर्थी पर्वअग्रपूजाको अधिकार प्राप्त गर्नुभएका बिघ्नहर्ता भगवान् गणेशको पूजाआराधना गरी मनाइने गणेश चतुर्थी पर्व आज मनाइँदै छ ।प्रत्येक वर्ष भाद्र शुक्ल चतुर्थीका दिन यो पर्व मनाइन्छ । सत्ययुगमा भाद्र शुक्ल चतुर्थीका दिन भगवान् गणेशको जन्म भएको शास्त्रीय मान्यता छ । यस अवसरमा आज उपत्यकाका अशोकविनायक, चन्द्रविनायक, सूर्यविनायक, कमलविनायक, कमलादी गणेशलगायत देशभरका गणेश मन्दिरमा विशेष पूजा गरी गणेशको जन्मोत्सव मनाउने गरिन्छ ।शिवपार्वतीका पुत्र गणेशलाई जुनसुकै धार्मिक कर्ममा अग्रपूजाको अधिकार प्राप्त छ । आज हरितालिका (तीज) को व्रत पारायण गरी गणेशको व्रत गर्ने शास्त्रीय मान्यता रहेको छ ।भाद्र शुक्ल तृतीयाका दिन सुखद दाम्पत्य जीवन तथा सुखशान्तिको कामना गरेका व्रतालुले चतुर्थीका दिन जीवनमा बिघ्न नआओस् भनी कामना गर्न गणेश पूजा गर्ने विधान गणेश पुराणमा उल्लेख छ । बिहान हरितालिका (तीज) को व्रत समापनका लागि पारायण गरी मध्याह्नकालमा गणेशको पूजाआराधना गरी अर्घ्य दिनुपर्ने विधि रहेको धर्मशास्त्रविद् भट्टराईले जनाए । यस अवसरमा केही मानिसले भने गणेश चतुर्थीको व्रतसमेत गर्छन् ।मंगल चतुर्थीसमेत भनिने यो पर्व मंगलबार नै परेको छ । यो पर्वलाई नेवार समुदायले भने चथा नाममा मनाउँछन्
spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles