Saturday, March 15, 2025

संविधान दिवसका अवसरमा राष्ट्रपतिबाट छ सय ७० जना कैदीको माफी मिनाहा

ताजा / भरखरै प्राप्त

राष्ट्रपति रामचन्द्र पौडेलबाट संविधान दिवसका अवसरमा मन्त्रिपरिषद्को सिफारिसमा कूल छ सय ७० जना कैदीको भुक्तान हुन बाँकी कैद माफी मिनाहा भएको छ ।उनले फौजदारी कसूर (सजाय निर्धारण तथा कार्यान्वयन) ऐन र कारागार नियमावली, सर्वोच्च अदातलको रिट र ज्येष्ठ नागरिक ऐनका आधारमा उक्त कैदीको भुक्तान हुन बाँकी कैद माफी मिनाहा गरेको राष्ट्रपतिको कार्यालयले जनाएको छ ।
राष्ट्रपति पौडेलले मन्त्रिपरिषद्को गत भदौ २९ गतेको बैठकको सिफारिसअनुसार यही असोज ३ गतेदेखि लागू हुनेगरी माफी मिनाहा गरेको राष्ट्रपति कार्यालयले जारी विज्ञप्तिमा जनाइएको छ ।

Previous article
Next article
भक्तपुरबाट १० जना जुवाडे पक्राउभक्तपुरको भक्तपुर नगरपालिका–७ स्थित इचानोबाट प्रहरीले १० जना जुवाडेहरूलाई पक्राउ गरेको छ । इचानो स्थित रत्न शाक्यको घरमा सञ्चालित जुवा खालमा छापा मारेर जुवा खेल्नेहरूलाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर भक्तपुरका डिएसपी वसन्त पाठकले बताए ।जुवा खालबाट प्रहरीले ७३ हजार ७ सय नगद बरामद गरेको छ । जुवा खालबाट पक्राउ पर्नेहरू सबै भारतीय नागरिक हुन् । पक्राउ पर्नेमा भारत घर भएका देव परमणि, कमल शेख, देव चुत, पूर्ण ब्रतदले, मनजित माकी, सुशील दलै, दिवस हजारा, चन्दन कुदेल, सोरोजित मैती र अनुप दोलही छन् ।आरोपितहरू विरुद्ध जुवा ऐन मुद्दा दर्ता गरेर अनुसन्धान भइरहेको डिएसपी पाठकले जानकारी दिए ।
spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles