बुधबार साझ अन्दाजी ५ बजे वीरगञ्ज महानगरपालिका वडा नम्बर १६ शंकराचार्य गेट नजिकै रक्सौलबाट वीरगञ्जतर्फ आउँदै गरेका प्र.२-०२-००४ प ७४९५ नम्बरको स्कुटी नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।
स्कुटीको सिटमुनी रहेको फल्स सिलिङमा कालो प्लाष्टिकभित्र प्रतिबन्धित लागूऔषध Onrex 100 ml को ६९ बोत्तल फेला परेपछि स्कुटी र उल्लेखित लागूऔषधसहित तामाङलाई नियन्त्रणमा लिइएको प्रहरीको भनाइ छ । तामाङ उपर लागूऔषध सम्बन्धी कसुरमा थप अनुसन्धान कार्य भइरहेको पर्सा प्रहरीले बताएको छ ।
