चीन पुगे प्रधानमन्त्री दाहालप्रधानमन्त्री पुष्पकमल दाहाल चीनको हाङचोउ पुगेका छन् ।चीनको हाङचोउमा हुने एसियाली खेलकुदको आजै उद्घाटन हुँदैछ । प्रधानमन्त्री दाहाल पनि उद्घाटन समारोहमा सहभागी हुने छन् । ८ दिनका लागि चीनको औपचारिक भ्रमणमा गएका उनी अमेरिकाको भ्रमण सकेर उतैबाट त्यहाँ प्रस्थान गरेका हुन् ।शनिबार चीनको सहर हाङचोउ पुगेका प्रधानमन्त्री दाहाललाई चिनियाँ मन्त्री एवं चाइना ओलम्पिक कमिटिका अध्यक्ष जाओ जिदन र नेपाली राजदूत विष्णुपुकार श्रेष्ठले स्वागत गरेका हुन् ।