Saturday, March 15, 2025

प्रधानमन्त्री प्रचण्ड र चिनियाँ राष्ट्रपति सीबीच भेटवार्ता

ताजा / भरखरै प्राप्त

काठमाडौं । चीन भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र चीनका राष्ट्रपति सी जिनपिङबीच शनिबार भेटवार्ता भएको छ । अमेरिकाको न्यूयोर्कबाट चीन पुगेका प्रचण्डले एसियाली खेलकुद आयोजना भएको शहर हाङजाउमा चिनियाँ राष्ट्रपति सीसँग भेटवार्ता गरेका हुन् ।चीन र नेपालको टोलीबीच प्रतिनिधिमण्डलस्तरको छलफल पनि भएको छ । एक हप्ता चीनमा रहने प्रचण्ड प्रचण्ड हाङ्जाउबाट बेइजिङ जाने र त्यहाँ प्रधानमन्त्रीसँग भेटवार्ता गर्ने कार्यक्रम पनि छ ।त्यस्तै उनले नेपालसँगको सीमा क्षेत्र तिब्बत पनि भ्रमण गर्नेछन् ।

Previous article
Next article
राष्ट्रपतिले भने- राजनीतिमा हात हाल्दिनँ तर विकासबाट हात झिक्दिनँतनहुँ । राष्ट्रपति निर्वाचित भएपछि रामचन्द्र पौडेुल पहिलोपटक गृह जिल्ला तनहँ आएका छन् । दमौली सभाहलको उद्घाटनका लागि राष्ट्रपति पौडेलले गृह जिल्ला आएका हुन् । आजै उक्त सभाहलको उनले उद्घाटन गरेका छन् ।यस्तै दमौली सभागृह परिसर नजिक बीपी स्मृति पार्कमा निर्माण गरिएको बीपी कोइरालाको शालिकसमेत राष्ट्रपति पौडेलले अनवरण गरे । उद्घाटन समारोहलाई सम्बोधन गर्दै राष्ट्रपति पौडेलले आफूले दलीय राजनीतिमा हात नहाल्ने तर विकासको कामबाट हात नझिक्ने जनाए । उनले भने, ‘म दलीय राजनीतिमा हात हाल्दिनँ तर विकासको कामबाट हात झिक्दिनँ । देश पछाडि परेको छ । मुलुकलाई विकास चाहिएको छ ।’संविधानको रक्षा गर्नु सबैको दायित्व रहेको बताउँदै राष्ट्रपति पौडेलले स्थायित्व र सुशासनबाट विकास सम्भव रहेको उल्लेख गरे । उनले भने, ‘परिवर्तनको रक्षा गर्ने मेरो जिम्मेवारी हो । संविधानको रक्षक भएका नाताले मेरो कदम त्यसतर्फ हुनेछ ।’ सबै धर्म र जातजातिको सम्मान गर्नुपर्ने बताउँदै राष्ट्रपति पौडेलले देशलाई बलियो बनाउनेतर्फ लाग्न सबैलाई आग्रह गरे । व्यवस्था बदलिए पनि अवस्था नबदलिएको भन्दै राष्ट्रपति पौडेलले पदमा पुग्नेहरुले देशको हितमा काम गर्नुपर्ने बताए ।
spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles