Saturday, March 15, 2025

वीरगञ्ज । वीरगञ्जमा केहिदिन यता दुइ फरक धर्मका समुदाबिच बढ्दो तनावलाई मध्यनजर गरी वीरगन्ज महानगरपालिकाले भोलि सोमबार निकाल्न लागिएको “सद्भाव ¥याली” मा सहभागी हुन कर्मचारीहरूलाई निर्देशन दिएको छ ।

ताजा / भरखरै प्राप्त

महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत लक्ष्मीप्रसाद पौडेलले आइतबार जारी गरेको सूचनामा सोमबारको “सद्भाव ¥याली” कार्यालय पोशाकमा अनिवार्य सहभागी हुन महानगरपालिका र त्यस मातहतका कार्यालयका सबै कर्मचारीहरूलाई आग्रहसहितको निर्देशन दिइएका हो ।

वीरगञ्जको आदर्शनगरस्थित स्वीमिङ पूल परिसरबाट सोमबार बिहान ११ बजे निस्किने उक्त “ सद्भाव ¥याली” ले नगरको परिक्रममा गर्ने बताइएको छ ।

मधेश प्रदेश

Previous article
एसियन गेम्सका लागि चीन जाने नेपाली क्रिकेट टोलीको बिदाइकाठमाडौं । १९औँ एसियन गेम्सका लागि चीन जाने नेपाली क्रिकेट टोलीको बिदाइ गरिएको छ । नेपाल क्रिकेट संघ (क्यान) का पदाधिकारीहरूले आज एक कार्यक्रमबीच खेलाडीहरुलाई बिदाइ गरेका हुन् ।नेपालले यही २७ सेप्टेम्बरमा मंगोलिया र १ अक्टोबरमा माल्दिभ्ससँग खेल्नेछ । नेपालले समूह चरण पार गरेपछि नेपालले भारत, पाकिस्तान, श्रीलंका वा बंगलादेशमध्ये कुनै देशसँग प्रतिष्पर्धा गर्नेछ । बिदाइ कार्यक्रममा बोल्दै नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान रोहितकुमार पौडेलले राम्रो अभ्यास गरेको र मेडल जित्ने लक्ष्य आफूहरुको रहेको जनाए । उनले मेडल हात पार्नका लागि सबै खेलाडी तयार रहेको जनाए ।‘राम्रो अभ्यास गरेका छौँ । हामी सबैको लक्ष्य मेडल जित्ने छ । त्यसको लागि सम्पूर्ण खेलाडीहरु रेडी छौँ । आउने दिनमा एकदमै राम्रो गर्नेछौँ ।’ उनले भने ।खेलाडीहरुलाई बिदाइ गर्दै क्यानका अध्यक्ष चतुरबहादुर चन्दले आगामी दिनमा सबैले देख्नेगरी मनोबल कमजोर नहुनेगरी आफूहरु लाग्ने बताए। उनले नयाँ कार्यसमितिले खेलाडीको हौसला बढाउने गरी काम गर्ने प्रतिबद्धता जनाउँदै नेपालले एसियाडमा हुने क्रिकेटमा मेडल जित्ने उच्च सम्भावना रहेको उल्लेख गरे । अध्यक्ष चन्दले क्रिकेट खेललाई नेपालमा धेरैले रुचाएको भन्दै थप मनोबल बढ्ने गरी खेल्न आग्रहसहित जितको शुभकामना दिए।‘पहिलाकोभन्दा उत्कृष्ट रुपमा यो कार्य समितिले यहाँहरुको भावनाको कदर गर्दै आगामी दिनमा देखिने गरी मनोबल कमजोर नहुनेगरी हामी हौसला बढाउने छौँ । एसियाडको अग्रिम शुभकामना छ,’ उनले भने, ‘हामी मेडलका लागि उच्च मनोबलका साथ खेल्नेछौँ । यसमा सम्भवना छ । नेपालको शिर उच्च हुनेगरी खेलिरहनुभएको छ । मनोबल बढिरहेको छ । सबैले मन पराउनुभएको छ । एकताबद्ध भएर खेल्नुपर्छ ।’कार्यक्रममा बोल्दै क्यानका सचिव पारस खड्काले नेपाली क्रिकेटको नयाँ युगको सुरुवात गर्ने प्रयासमा आफूहरु रहेको जनाए । उनले कुनैपनि खेललाई सहज तरिकाबाट नलिन आग्रह गर्दै खेलले देश र जनतालाई एक ठाउँमा ल्याउने ठूलो भूमिका खेलेको बताए । देशलाई जिताउन नयाँ सोच र रणनीतिका साथ अघि बढ्ने उनको भनाइ थियो ।नेपाली टिममा विकेटकिपर विनोद भण्डारी, आसिफ सेख, ब्याट्सम्यान कुशल भुर्तेल, रोहितकुमार पौडेल र सन्दीप जोरा, अलराण्डरमा दीपेन्द्र सिंह ऐरी, कुशल मल्ल, विवेक यादव, फास्ट बलरमा सोमपाल कामी, करण केसी, गुल्सन झा, प्रतिश जिसी र अविनाश बोहरा, स्पिनरमा सन्दीप लामिछाने रहेका छन् ।
Next article
spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles