त्यसैगरी मृतकका आफन्तले पनि उपचारमा संलग्न चिकित्सकमाथि छानबिन गरि कारबाही गर्न माग राखेर बुधबार महेन्द्रपुलमा एक घण्टा चक्काजाम गरेका छन् ।दुवै पक्ष सडक आन्दोलनमा उत्रिएपछि बुधबार सहमतिबारे कुनै छलफल भएन । पोखराका अस्पतालमा सेवा प्रभावित भयो । यसैबीच घटना भएको दिन अस्पतालमा खटिएका वडा प्रहरी कार्यालय बैदामका प्रमुख वेद जोशीलाई जिल्ला कार्यालय कास्कीमा तानिएको र भिडलाई उक्साएको आरोपमा प्रहरी निरीक्षक मदन श्रेष्ठलाई जिम्मेवारीबाट हटाएको कास्की प्रहरी प्रवक्ता श्रवणकुमार विकले जानकारी दिए ।यो प्रकरणमा थप अनुसन्धान गर्न प्रदेश प्रहरी कार्यालयका प्रहरी वरिष्ठ उपरीक्षक सुरेशसिंह कोइरालाको संयोजकत्वमा समिति गठन गरिएको छ । समितिले छानबिन गर्दासम्म श्रेष्ठलाई जिम्मेवारीबाट हटाइएको उनले जानकारी दिए ।

