Tuesday, September 16, 2025

मुख्यालयमा पहिलो पटक पानी प्रशोधन स्थलको निर्माणसशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालयको हाताभित्र पहिलो पटक पानीप्रशोधन स्थलको निर्माण गरी प्रयोगमा ल्याईएको छ ।नवनिर्मित पानी प्रशोधन तथा वितरण स्थलको सशस्त्र प्रहरी महानिरीक्षकराजु अर्यालले मंगलबार उद्घाटन गर्नुभएको हो ।यस भन्दा अगाडी प्लाष्टिकका बोतल तथा जार खरिद गरी आपुर्ती गरिदै आएकोपिउने पानीलाई निरुत्साहित गर्दै पिउने पानीको गुणस्तरमा शुद्धता एवंविश्वसनीयता र खर्चमा मितव्ययीता कायम गर्ने अभिप्रायले मुख्यालयमापहिलोपटक प्रशोधन स्थलको निर्माण गरी प्रयोगमा ल्याइएको हो ।मुख्यालयमा कार्यरत सम्पूर्ण कर्मचारीहरुलाई शुद्ध पिउने पानीको व्यवस्थामिलाउने उद्देश्यले संचालनमा ल्याइएको नवनिर्मित वाटर ट्रिटमेन्ट प्लान्टविश्व स्वास्थ्य संगठनको मापदण्ड अनुसारको शुद्ध पिउने पानी प्रशोधनगर्नेछ ।प्रति घण्टा १५ सय देखि २ हजार लिटरसम्म पानी शुद्ध पार्ने क्षमता रहेकोवाटर ट्रिटमेन्ट प्लान्टको मासिक रुपमा दक्ष प्राविधिकबाट जाँचगर्नुकासाथै विश्व स्वास्थ्य संगठनको मापदण्ड अनुसार भए नभएको भनित्रैमासिक रुपमा उच्चस्तरीय प्रयोगशालामा समेत परिक्षण गराउने व्यवस्थामिलाईएको छ ।मुख्यालय भित्र वाटर डिस्पेन्सर, आवश्यकता अनुसार जार तथा जार सफा गर्नेमेसिनको समेत व्यवस्था गरिएको छ । अवोप्रान्त सशस्त्र प्रहरी बल नेपालकोमुख्यालयमा बाह्य रुपमा पानी खरिद नगरिने भएको छ ।यसअघि सशस्त्र प्रहरी बल नेपालको सम्पूर्ण इकाईहरुमा प्लाष्टिकजन्य वस्तुनिषेध गर्ने, केही प्लाष्टिकजन्य सामानको प्रयोग कम गर्दै लैजाने लक्ष्यअनुरुप वातावरण संरक्षण र सशस्त्र प्रहरी कर्मचारीहरुमा सचेतना अभिबृद्धिगराई प्लाष्टिजन्य बस्तुको Reduce, Reuse, and Recycle गर्ने नीति लिएकोछ ।

ताजा / भरखरै प्राप्त

Previous article
Next article
घरायसी विवादका कारण उपेनले गरे पत्नीको हत्यामोरङ । मोरङमा पत्नीको हत्या गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । विराटनगर महानगरपालिका–१९ धनपुराका ३९ वर्षीय उपेन चौधरी पक्राउ परेका हुन् ।जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार उपेनले यही असोज १३ गते राति धारिलो हतियार प्रहार गरेर र कुटपिट गरेर पत्नी ३० वर्षीया जितनी सहनीको हत्या गरेका थिए ।टाउकोमा धारिलो हतियार प्रहार गरिएको र शरीरमा कुटपिट गरेको चोट रहेको अवस्थामा जितनीको शव घरभित्रै फेला परेको थियो । घटनापछि फरार रहेका उपेनलाई शुक्रबार पक्राउ गरिएको प्रहरीले जनाएको छ ।घरायसी विवादमा उपेनले पत्नीको हत्या गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । उपेनविरुद्ध कर्तव्य ज्यान मुद्दा चलाउन अदालतबाट म्याद थप गरेर प्रहरीले अनुसन्धान थालेको छ ।
spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles