Tuesday, September 16, 2025

महोत्तरीको मरूवाही, सक्री, नैन्ही नाका हुँदै भारततर्फ तस्करीचार क्विन्टलभन्दा बढी गाँजा बरामद:- ।महोत्तरी । महोत्तरीवमा प्रहरीले चार क्विन्टलभन्दा बढी गाँजा बरामद गरेको छ । जिल्ला प्रहरी कार्यालय महोत्तरीले २७ पोकामा रहेको ४ क्विन्टल ५ किलो गाँजा बरामद गरेको हो । प्रहरीले ना.६ख ७३७४ नम्बर को ट्रकमा लुकाएर राखेको अवस्थामा सो परिमाणको गाँजा बरामद गरेको जनाएको छ । गाँजासहित प्रहरीले एकजना युवकलाई पनि पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय महोत्तरीका डीएसपी एवं प्रवक्ता दिलीपकुमार गिरीले बताए । पक्राउ पर्नेमा मकवानपुर जिल्ला थाहा नगरपालिका वडा नं. २ निवासी सहचालक २२ वर्षीय विशाल थिङ छन् ।बुधबार राति जलेश्वर नगरपालिका वडा नं. १ क्याम्पस रोडमा खाली ट्रक लिएर घुमिरहेको अवस्थामा अस्थायी प्रहरी पोस्ट नगरपालिकाबाट खटिएको प्रहरी टोलीले गाडी चेकजाँच गर्दा मालसामान राख्ने स्थानमा फल्स बटम बनाई लुकाइछिपाई राखेको अवस्थामा गाँजा फेला पारेको थियो । ट्रक चालक भने त्यहाँबाट भाग्न सफल भएका थिए । पक्राउ परेका थिङसँग थप अनुसन्धान भइरहेको डिएसपी गिरीले जानकारी दिए । उनले महोत्तरी प्रहरीले गाँजा नियन्त्रणका लागि विशेष अभियान चलाइरहेको बताए । महोत्तरीमा विभिन्न जिल्लाबाट गाँजा आयात भई दशगजा हुँदै भारत प्रवेश गर्ने र स्थानीय बजारमा समेत बेचबिखन हुने जानकारीअनुसार पछिल्लो समय यस्ता गतिविधि उपर महोत्तरी प्रहरीले विशेष निगरानी बढाएको छ ।गाँजा नेपालबाट भारततर्फ ओसारपसार गर्ने महोत्तरीको अजमरपटीलाई ट्रान्जिट प्वाइन्ट बनाई ओसारपसार हुने गरेको बुझिन्छ । जहाँ हतियारसहित तस्करले गाँजा तस्करी गरिरहेका हुन्छन् । नेपालको जुनसुकै ठाउँबाट आएको गाँजा अजमरपटी हुँदै ओसारपसार हुने गर्छ । यहाँबाट गाँजा गएमा किलोको कम्तीमा पाँच हजार महँगाे बेचिन्छ । अर्थात् भारतमा महोत्तरीको अजमरपटीकाे गाँजालाई अजमेरी गाँजा भनेर चिनिन्छ । गाँजा तस्करले यो जिल्लासँग जोडिएको मरूवाही, सक्री, नैन्ही नाका हुँदै भारततर्फ लग्ने गरेको बताइएको छ ।

ताजा / भरखरै प्राप्त

Previous article
नक्कली नोट छाप्ने मेसिनसहित दुईजना पक्राउपश्चिम नवलपरासी । पश्चिम नवलपरासीको बर्दघाटबाट नक्कली नेपाली नोटसहित दुईजना पक्राउ परेका छन् ।नक्कली नोटको कारोबार हुँदै गरेको सूचनाका आधारमा बर्दघाट नगरपालिका ४ स्थित एक होटलमा प्रहरीले छापा मारेर पक्राउ गरेको हो ।पक्राउ पर्नेमा तनहुँको ऋषिङ-२ का २० वर्षीय सुरज विक र नवलपुरको बुलिङ्टार-३ ठिमुरेका कृष्णबहादुर विक छन् । उनीहरुका साथबाट एक हजार दरका १ लाख ३९ हजार बराबरको नक्कली नोट बरामद भएको जिल्ला प्रहरी कार्यालय नवलपरासीले जनाएको छ ।नक्कली नोटसहित बुधबार पक्राउ परेका दुवैलाई सोधपुछ गर्दा छाप्ने मेसिनसमेत भएको पत्ता लागेको थियो ।पक्राउ परेकाको बयानपछि नक्कली नोट छापेर कारोबार गर्ने अरु पनि भएको आशंकामा प्रहरीले गिरोहको खोजीकार्य थालेको छ ।
Next article
spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles