Tuesday, September 16, 2025

एसपी सा,प तस्करी नियन्त्रण कसरी होलासर्लाही । सर्लाहीका नाकाबाट तस्करी रोकिएको छैन । चाडपर्व नजिकिएसंगै सर्लाहीका नाकाहरूबाट भएको तस्करी झनै बढेको छ । जिल्ला प्रहरी कार्यलयका एसपी नरेश सुबेदीले तस्करीको लाइन नदिएपनि सीमावर्ती क्षेत्रका थाना चौकीका कार्यरत प्रहरीले तस्करी धन्दा चलाउन सहयोग गरिरहेका छन् । जसको कारण तस्करी धन्दा केही दिन यता सर्लाहीका केही नाकाबाट व्यापक तस्करी धन्दा चलेको छ । मधुवनी , अर्नाहा , बलरा र बहादुर नाकाबाट तस्करी धन्दा व्यापक चलेको छ ।यी नाकाबाट तस्करी भएको सामान बरहथवामा ल्याएर तस्करहरूले गोदाम गर्ने र बील बनाई अन्यत्र पठाउने गरिरहेका छन् ।अहिले यी नाकाबाट तस्करी गरेर बरहथवामा सामान ल्याई गोदाम गर्ने गरि लाइन पाउनेहरूमा बिनोद साह , श्याम साह , राजिव , नथुनी , धनलाल कनैह्या , सरोज , रामअयोध्या , बिक्रम , बिनय , धर्मेन्द्र कुशवाह कमलेश , अरबिन्द साह र संजय मुख्य छन् । यिनीहरूले प्रहरी सेटिङ भए पछि पिकअपबाट नै सामानको तस्करी धन्दा गरिरहेका छन् । यी कारोबारीहरूसंग सेटिङ मिलाउने सबै काम इलाका प्रहरी कार्यालय बरहथवाका घुमुवा सहायक हवल्दार जितु भन्ने जित नारायण यादवले गरिरहेका छन् । इप्रकाका डिएसपी लिलाराज लामिछानेले यादवलाई घुमुवाको रूपमा परिचालन गरिरहेका छन् । मधुवनी , अर्नाहा , बलरा र बहादुरपुर नाकाबाट तस्करी भएको सबै सामान बरहथवामा आउने गर्छ । यी कारोवारीहरूसंग आर्थिक लेनदेनको काम यिनै घुमुवा जित नारायण यादवले गर्दै आएका छन् । तीनपटक सम्म गरेर सात बर्ष देखि जित नारायण बरहथवा इप्रकाको घुमुवाको रूपमा कार्यरत छन् । उनले असुली धन्दाको बारेमा प्रदेश प्रहरी र प्रहरी मुख्यालय सम्म गुनासो र उजुरी परेपनि कुनै छानबिन नभएको सोही इप्रकाका जुनियर अफिसरहरू बताउँछन् ।

ताजा / भरखरै प्राप्त

Previous article
सर्लाही । सर्लाहीको पर्सा,बलरा, सग्रामपुर, नारायणपुर, नाकाबाट केही दिन यता व्यापक तस्करी धन्दा शुरू भएको छ । हिन्दुहरूको ठूला चाडपर्व नजिकिएसंगै यस्तो तस्करी धन्दा शुरू भएको हो । मुख्य नाकाबाट तस्करी भएको समाचारहरू धेरै आउन थालेपछि अहिले तस्करहरूले अरू नाकाहरू प्रयोग गरेर तस्करी धन्दा गर्न शुरू गरेका छन् । नारायणपुर नाका अहिले तस्करहरूको लागि सबैभन्दा सुरक्षित र सजिलो भएको छ । नेपाल प्रहरीको सहयोग र संरक्षणमा यहाँबाट यस्तो तस्करी धन्दा हुदै आएको स्थानीय व्यवसायीहरू बताउँछन् । अहिले यो नाकाबाट सबैभन्दा बढी काजु , कपडा र भारतीय कुखुराको ठूलो तस्करी हुदै आएको छ । सन्तोष साहले ठूलो मात्रामा काजुको तस्करी गर्दै आइरहेका छन् । उनले दैनिक लाखौं लाखको काजु भन्सार नतिरी तस्करी गरिरहेका छन् ।त्यसैगरी भारतको इनर्वा गाउँ घर भएका विजय साह र पुकार यादवले ठूलो मात्रामा कपडाको तस्करी गरिरहेका छन् । उनीहरूले मोटरसाइकल र कहिलेकाही पिकअप प्रयोग गरेर समेत कपडाको तस्करी गरिरहेका छन् । यसबाहेक भारत वथवारा घर भएका उमेश ठाकुरले पनि ठूलो मात्रामा कपडाको तस्करी गरिरहेका छन् ।भण्डारी भनेर चिनिने व्यापारीले त बाहिर फूलको व्यापार देखाएर कपडाको ठूलो तस्करी गरिरहेका छन् ।
Next article
एसपी सा,प तस्करी नियन्त्रण कसरी होलासर्लाही । सर्लाहीका नाकाबाट तस्करी रोकिएको छैन । चाडपर्व नजिकिएसंगै सर्लाहीका नाकाहरूबाट भएको तस्करी झनै बढेको छ । जिल्ला प्रहरी कार्यलयका एसपी नरेश सुबेदीले तस्करीको लाइन नदिएपनि सीमावर्ती क्षेत्रका थाना चौकीका कार्यरत प्रहरीले तस्करी धन्दा चलाउन सहयोग गरिरहेका छन् । जसको कारण तस्करी धन्दा केही दिन यता सर्लाहीका केही नाकाबाट व्यापक तस्करी धन्दा चलेको छ ।पर्सा , सग्रामपुर , मधुवनी , अर्नाहा , बलरा र बहादुर नाकाबाट तस्करी धन्दा व्यापक चलेको छ ।यी नाकाबाट तस्करी भएको सामान बरहथवामा ल्याएर तस्करहरूले गोदाम गर्ने र बील बनाई अन्यत्र पठाउने गरिरहेका छन् ।अहिले यी नाकाबाट तस्करी गरेर बरहथवामा सामान ल्याई गोदाम गर्ने गरि लाइन पाउनेहरूमा बिनोद साह , श्याम साह , राजिव , नथुनी , धनलाल कनैह्या , सरोज , रामअयोध्या , बिक्रम , बिनय , धर्मेन्द्र कुशवाह कमलेश , अरबिन्द साह र संजय मुख्य छन् । यिनीहरूले प्रहरी सेटिङ भए पछि पिकअपबाट नै सामानको तस्करी धन्दा गरिरहेका छन् । यी कारोबारीहरूसंग सेटिङ मिलाउने सबै काम इलाका प्रहरी कार्यालय बरहथवाका घुमुवा सहायक हवल्दार जितु भन्ने जित नारायण यादवले गरिरहेका छन् । इप्रकाका डिएसपी लिलाराज लामिछानेले यादवलाई घुमुवाको रूपमा परिचालन गरिरहेका छन् । सग्रामपुर , पर्सा , मधुवनी , अर्नाहा , बलरा र बहादुरपुर नाकाबाट तस्करी भएको सबै सामान बरहथवामा आउने गर्छ । यी कारोवारीहरूसंग आर्थिक लेनदेनको काम यिनै घुमुवा जित नारायण यादवले गर्दै आएका छन् । तीनपटक सम्म गरेर सात बर्ष देखि जित नारायण बरहथवा इप्रकाको घुमुवाको रूपमा कार्यरत छन् । उनले असुली धन्दाको बारेमा प्रदेश प्रहरी र प्रहरी मुख्यालय सम्म गुनासो र उजुरी परेपनि कुनै छानबिन नभएको सोही इप्रकाका जुनियर अफिसरहरू बताउँछन् ।
spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles