जेनजी आन्दोलनका क्रममा गत २४ गते भदौमा विराटनगरका सरकारी कार्यालय आगजनी गरेको आरोपमा पाँच जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा नेपाली कम्युनिष्ट पार्टीका स्थानीय नेता ताजिम अन्सारी पनि रहेको छन् ।
अमनलाल मोदी सामान्य प्रशासन मन्त्री हुँदा उनी स्वकीय सचिव रहेको थिए । गत २४ भदौमा अन्सारीले सरकारी कार्यालयहरूमा तोडफोड र आगजनीमा उनी संलग्न रहेको प्रहरीले जनाएको छ ।
सरकारी कार्यालय आगजनी र तोडफोड गर्दै गरेको भिडियो पनि सार्वजनिक भएको थियो ।
तोडफोड र आगजनीमा संलग्न भएको देखिएपछि अन्सारीलाई विराटनगरबाट पक्राउ गरेको मोरङ जिल्लाका प्रहरी प्रमुख प्रहरी उपरीक्षक (एसपी) कवित कटवालले जानकारी दिएका छन् । उनका अनुसार अन्सारी विराटनगर बजारबाट पक्राउ परेका छन् ।
तोडफोड र आगजनीमा संलग्नहरु राजिव यादव, अरुण साह सोनार,
महेश नेपाल र आवाज पौडेल पनि पक्राउ परेका छन् ।


