




आजबाट अनिवार्य अवकास प्राप्त प्रहरी निरीक्षक चन्द्र नारायण सिंह दनुवारको एक विशेष समारोहका बीच बधाई तथा शुभकामना कार्यक्रम सम्पन्न गरिएको छ ।
पूर्व प्रहरी निरीक्षक चन्द्र नारायण सिंह मिति २०५२/०८/१५ गते प्रहरी जवान पदमा नियुक्ती भई प्रहरी नियमावली २०७१ (संसोधन सहित) को नियम १२९ को उप-नियम २ बमोजिम आजबाट ३० वर्षे सेवा अवधि पुरा गरी अनिवार्य अवकास प्राप्त हुनु भएको छ ।
कार्यक्रममा यस कार्यालयका कार्यालय प्रहरी प्रमुख प्रहरी उपरीक्षक (एसपी) राजन चापागाई, र सूचना अधिकारी प्रहरी नायव उपरीक्षक (डीएसपी) केदारमान दोङ, प्रहरी निरीक्षकहरु, जुनियर प्रहरी अधिकृतहरु लगायत सम्पूर्ण सकल दर्जाका प्रहरी कर्मचारीहरु र अवकास भई जान लाग्नु भएका पूर्व प्रहरी निरीक्षक चन्द्र नारायण सिंहको परिवारका सदस्यहरुको समेत उपस्थिति रहेको छ ।


