Sunday, June 29, 2025

परीक्षा अमर्यादित बनाउन खोज्ने २ जना पक्राउ :- – – –

ताजा / भरखरै प्राप्त

वीरगञ्ज महानगरपालिका वडा नं.४ स्थित त्रिजुद्ध महाबिर प्रसाद रघुविर राम माध्यमिक विद्यालय विर्तामा संचालित BBS दोस्रो वर्षको परीक्षा चलिरहेको अवस्थामा बुधबार बिहान् ९:३० बजे economics विषयको प्रश्नपत्र र उत्तर पुस्तिका परीक्षा केन्द्रबाट वाहिर निकाली अन्य व्यक्ति मार्फत उत्तरपुस्तिका लेखि लेखाई पुनःउत्तर पुस्तिका परीक्षा केन्द्रमा बुझाई परीक्षालाई अमर्यादित बनाइ रहेको सूचनाको आधारमा प्रहरी निरीक्षक विदुर प्रसाद सिवाकोटीको कमाण्डमा प्रहरी टोली खटि गइ गोप्यरूपमा निग्रानी गर्दा पर्सा कालिकामाई गा.पा.वडा नं.१ रबिदास टोल बस्ने वर्ष ६१ को मोहन प्रसाद यादव संकाष्पद तरिकाले फायल बोकी परीक्षा केन्द्र भित्र रहेको र कम्प्युटर कक्षमा को कार्यालय कोठामा प्रवेश गरी उक्त फायल बारा विश्रामपुर गा.पा.वडा नं.१ कल्यानपुर घर भई हाल त्रिजुद्ध महाविर विद्यालयको कम्प्युटर शिक्षक तथा हाल सञ्चालन रहेको परीक्षाको परीक्षा प्रमुख वर्ष ५४ को विनोद कुमार स्वर्णकारलाई दिएको हुँदा कानूनी रीतपुर्‍याई खानतलासी गर्दा विनोद कुमार स्वर्णकारको साथबाट मोहन प्रसाद यादवले दिएको फाईल खोली हेर्दा TU को Symbol Number ७००१५१८८७ BBS 2nd को economics विषयको पाना-८ ( आठ ) उत्तरपुस्तिका फेला परेको हुँदा निजहरूलाई नियन्त्रणमा लिइएको पर्सा प्रहरीका प्रवक्ता प्रहरी नायब उपरीक्षक दिपक गीरिले जनाएका छन्।

निजहरु विरुद्ध शिक्षा ऐन २०२८ बमोजिम जिल्ला प्रशासन कार्यालय पर्साबाट ५ दिनको म्याद थप अनुमति लिइ थप अनुसन्धान कार्य भैरहेको प्रहरीले जनाएको छ ।

साथै; प्रारम्भिक अनुसन्धानको क्रममा उल्लेखित सिम्बल नं.को परीक्षार्थी पक्राउ परेका मोहन प्रसाद यादवको जेठो छोराको श्रीमती ( छोरा बुहारी ) विमा कुमारी यादव रहेकोे जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles