हेटौंडा–देशभर भएको स्थानीय तहको दोस्रो निर्वाचनअन्तर्गत् मकवानपुरका दश स्थानीय तहका ३ सय ६५ मतदानकेन्द्रमा शान्तिपूर्णरुपमा मतदान सम्पन्न भएको छ ।

चुनावका लागि मकवानपुरमा १ हजार ९ सय उम्मेद्वार चुनावी मैदानमा छन् । मेयरमा २४, अध्यक्षमा ५०, उपमेयरमा १२, उपाध्यक्षमा ३२, वडाध्यक्षमा ४ सय ३५, खुला वडा सदस्यमा ७ सय २८, महिला वडा सदस्यमा ३ सय ५० र दलित महिला वडा सदस्यमा ३ सय जना उम्मेद्वार रहेको निर्वाचन आयोगले जनाएको छ ।

जिल्लामा एक उपमहानगर, एक नगरपालिका र ८ गाउँपालिका छन् । जहाँ १ सय २ वटा वडा छन् । ५ सय ३० पदका लागि विभिन्न दल र स्वतन्त्र गरेर १ हजार ९ सय ३१ जना उम्मेद्वार छन् । जिल्लामा २०७४ को तुलनामा यसपटक उम्मेद्वारको संख्या घटेको छ । निर्वाचन आयोगका अनुसार यस चुनावमा महिला उम्मेद्वारको संख्या १ सय ३८ ले घटेको छ । गत चुनावमा मकवानपुरका १० पालिकामा २ हजार २ सय ६ उम्मेद्वार प्रतिस्पर्धामा थिए । गत र यस चुनावमा उम्मेद्वारको अन्तर २ सय ७५ छ ।

जिल्लामा गत निर्वाचनमा भन्दा यसपटक महिला उम्मेद्वाररुको संख्या घटेको छ । यस निर्वाचनमा विभिन्न पदमा ७ सय २१ महिला उम्मेद्वार छन् । गत निर्वाचनमा ८ सय ५९ महिला उम्मेद्वार थिए । यस पटकको चुनावमा महिला उम्मेद्वारका संख्या १ सय ३८ ले घटेको छ ।

प्रमुखमा महिला उम्मेद्वारको संख्या बढेको छ भने अन्य पदमा महिलाको उम्मेद्वारी बढेको छैन । प्रमुख पदमा महिला उम्मेद्वारी तीन जनाले बढेका छन् भने उपप्रमुखमा १७ ले घटेको छ । वडाध्यक्षमा महिलाको उम्मेद्वारी घटबढ भएको छैन । वडा सदस्यतर्फ खुलामा ४, महिलामा ६५ र दलित महिलामा ५५ ले उम्मेद्वार संख्या घटेको छ ।

यस पटकको निर्वाचनमा अध्यक्ष÷प्रमुखमा ६, उपप्रमुख÷उपाध्यक्षमा २७, वडा अध्यक्षमा १०, वडासदस्य तर्फ खुलामा २८, दलित महिलामा ३ सय, महिलामा ३ सय ५० उम्मेद्वार छन् । यसअघि मेयर÷अध्यक्षमा ३, उपाध्यक्ष÷उपमेयरमा ४४, वडाध्यक्षमा १०, वडा सदस्यतर्फ खुलामा ३२, महिलामा ४ सय १५ र दलित महिलामा ३ सय ५५ उम्मेद्वार थिए ।

जिल्लाका १० पालिकामध्ये सबभन्दा धेरै हेटौंडा उपमहानगरपालिकामा ९७ पदका लागि ३ सय ८७ जनाको उम्मेद्वारी परेको छ । सबभन्दा कम इन्द्रसरोवर गाउँपालिकामा २७ पदका लागि ८९ जनाको उम्मेद्वारी परेको छ । थाहा नगरमा २ सय ४०, बकैयामा २ सय ३४, मनहरीमा २ सय २१, वागमतीमा १ सय ६७, राक्सिराङमा १ सय ५१, भीमफेदी गाउँपालिकामा १ सय ३५, कैलाशमा १ सय ७३ र मकवानपुरगढीमा १ सय ३४ जना उम्मेद्वार छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here