Tuesday, October 22, 2024

कबड्डी हेर्नेको घुइँचो

ताजा / भरखरै प्राप्त

मनिता राना

हेटांंैडा÷कबड्डी–४ निकै राम्रो र रमाइलो छ भनेर हेर्न आएको हेटौंडा–११ की हीरा पाख्रिनले बताइन् । तर, टिकट लिन सास्ती भएर हलमै पुगेर टिकट लिएको उनले बताइन् ।

२ दिन अघिदेखि टिकट काट्न नसकेपछि सोमबार बल्ल टिकट लिएको भन्दै उनी खुशी भइन् । लामो समयपछि फिल्म हेर्न आउँदा छोराछोरीलाई रमाइलो र आफू पनि फ्रेस महसुस गरेको उनको भनाइ छ ।

विगत २ वर्षदेखि कोरोनाले अस्तव्यस्त बनाएको हेटौंडाको सिनेमा हल यतिखेर ‘हाउसफुल’ हुन थालेका हुन् । शुक्रबारबाट प्रदर्शन शुरु भएको कबड्डी–४ हेर्न दर्शकको घुइँचो लाग्न थालेको हो । फिल्म हेर्नका लागि दर्शकमा निकै उत्साह देखिएको छ । हेटौंडाका ओम्याक्स सिनेमा हल र एनएस सिनेमा हल दुवैमा फिल्म हेर्न टिकट नपाएको र २÷३ दिन अघिदेखि नै भन्दा पनि फिल्म हेर्न नपाएको दर्शकले गुनासो गर्न थालेका छन् ।

कुनै बेला हलमा नयाँ सिनेमा लाग्दा रित्तो हलमा पनि फिल्म सञ्चालन गरिएको थियो । तर, हाल भने फिल्म लाग्नुभन्दा अगाडि टिकट लिने र अनलाइन बुक गर्नेको घुइँचो लागेको सिनेमा हलका कर्मचारी मधुसूदन नेपालले बताए । दर्शकले ३÷४ दिन अघिदेखि नै टिकट बुक गरेको उनले बताए । अनलाइनबाट बुक गर्ने र फोन गर्ने दर्शकको हाल घुइँचो बढेको उनको भनाइ छ । प्रत्यक्षरुपमा पनि टिकट दिँदा निकै व्यस्त हुनुपरेको उनले बताए ।

पछिल्लो समयमा कोरोनाको जोखिम कम भए पनि कोरोना संक्रमणको त्रास भने उत्तिकै छ । कोरोनाको जोखिमलाई न्यून गर्न सिनेमा हलहरुले सचेतनाका लागि मास्क लगाउने, स्यानिटाइजर लगाउन सचेत गराएको सिनेमा हल सञ्चालकले बताए ।

कोरोना महामारी न्यून भएसँगै सरकारले सिनेमा हल खोल्न दिने निर्णय गरेको भए पनि सिट क्षमताको ५० प्रतिशत् भन्दा माथि दर्शक राख्न नपाइने निर्णय गरेको थियो ।

जसले सिनेमा हलमा खचाखच दर्शक भरिने गरी राख्न पाइँदैन । सामान्यतया नेपालभरकै सिनेमा हलहरु जसोतसो चलिरहेका थिए । सिनेमा हलहरु कोरोनाका कारण मारमा परेका थिए । कोभिड महामारीबीच मानिसले पनि सिनेमामा त्यति खर्च गर्न चाहेका थिएनन् । संक्रमणको डरले मानिसहरु घरबाहिर निस्कन डराउँथे ।

सरकारले कोभिड महामारीमा सिनेमालगायत मनोरञ्जनका क्षेत्र सबै बन्द गरेको थियो । कोरोना सामान्य हुँदै गर्दा सिनेमा हल सञ्चालनमा ल्याइएको थियो । तर, त्यतिबेला भने दर्शक ज्यादै कम आउने र सिनेमा हलमा थोरै दर्शक राखेर पनि सञ्चालन गरेका थिए ।

त्यतिखेर सिनेमा हलले निकै घाटा व्यहोर्नुपरेको थियो । चलचित्र क्षेत्रको लगानी उठाउने माध्यम सिनेमा हलमा दर्शकको कमी हुँदा चलचित्र क्षेत्रलाई घाटा पर्दछ । चलचित्रको गुणस्तर बृद्धि गर्ने हो भने सिनेमा हलमा दर्शक आफंै आउने गर्दछन् । देशव्यापी लकडाउनपछि हाल खुल्दा दर्शक खुशी देखिएका छन् ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles