Wednesday, May 27, 2026

प्रहरी उपरीक्षकद्वारा दर्ज्यानी चिन्ह सु–शोभन कार्यक्रम सम्पन्न:-

ताजा / भरखरै प्राप्त

जिल्ला प्रहरी कार्यालय महोत्तरीका कार्यालय प्रहरी प्रमुख प्रहरी उपरीक्षक (एसपी) हेरम्ब शर्माको प्रमुख आतिथ्यमा दर्ज्यानी चिन्ह सु–शोभन कार्यक्रम सम्पन्न भएको जनाइएको छ।

कार्यक्रममा यस कार्यालयमा कार्यरत सिनियर तथा जुनियर प्रहरी अधिकृतहरू एवं अन्य सकल दर्जाका प्रहरी कर्मचारीहरूको उपस्थिति रहेको थियो। नेपाल प्रहरी समूह अन्तर्गत प्रहरी जवान पदबाट प्रहरी सहायक हवल्दार पदमा तथा प्रहरी सहायक हवल्दार पदबाट प्रहरी हवल्दार पदमा बढुवा भएका प्रहरी कर्मचारीहरूलाई प्रहरी प्रमुख उपरीक्षकद्वारा दर्ज्यानी चिन्हद्वारा सु–शोभन गर्दै बधाई तथा शुभकामना व्यक्त गर्नु भएको थियो।

प्रहरी प्रमुखले बढुवा प्राप्त भएका प्रहरी कर्मचारीहरूको उज्ज्वल भविष्यको कामना गर्दै जिम्मेवारीपूर्ण र इमान्दार सेवामार्फत संगठनको गरिमा अझ उचो बनाउने विश्वास व्यक्त गरेको छन् ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles