Tuesday, October 22, 2024

बालश्रम र बेचबिखनबारे राष्ट्रिय सम्वाद

ताजा / भरखरै प्राप्त

हेटौंडा–बालश्रमविरुद्ध विश्व दिवसको अवसरमा राष्ट्रिय बाल संरक्षण सञ्जालले बालश्रम, बसाईंसराइ र बेचबिखनबारे राष्ट्रिय सम्वाद सम्पन्न गरेको छ ।

राष्ट्रिय बाल संरक्षण सञ्जालले आयोजना गरेको कार्यक्रमको सहकार्य स्वतन्त्रता अभियान, चाइल्ड नेपाल, आसमान नेपाल, वर्डभिजन, ड्युकम र सीडीएसको थियो । यस वर्षको नारा ‘बालश्रम अन्त्यका लागि विश्वव्यापी सामाजिक सुरक्षा’ रहेकाले सोहीबार ेअन्तक्र्रिया भएको थियो । बालश्रम अन्त्यका लागि विश्वव्यापी सामाजिक सुरक्षा सुनिश्चितता समेत अन्तक्र्रियाको विषय बनेको थियो ।

राष्ट्रिय बाल संरक्षण सञ्जाल अध्यक्ष प्रकाश खतिवडाको सभाध्यक्षतामा सञ्चालिा कार्यक्रममा श्रम, रोजगार तथा समाज कल्याण मन्त्रालयका सहसचिव डा. दीपक काफ्ले, राष्ट्रिय बाल अधिकार परिषद् कार्यकारी निर्देशक मिलनराज धरेल, महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयका उपसचिव शान्तिराज प्रसार्इंको आतिथ्यता थियो । एनएसीजी संयोजक बेनुमाया गुरुङले बालश्रम, बसाईंसराइ र बेचबिखनबारेकार्यपत्र प्रस्तुत गरिन् । उनले उक्त विषयबीच अन्तर्सम्बन्ध भएकोले बालश्रम भएका व्यक्ति बेचबिखनमा पर्नसक्ने बताइन् । उक्त समस्या समाधान गर्न सबैको सहकार्य आवश्यक रहेको उनले बताइन् ।

श्रम, रोजगार तथा समाज कल्याण मन्त्रालयका सहसचिव डा. काफ्लेले बालश्रम निवारणका निम्ति राष्ट्रिय गुरुयोजनाको प्रभावकारी कार्यान्वयन र सामाजिक संस्थाहरुले अन्तर्सम्वादलगायत गरी विषय उठान गरिरहनुपर्ने बताए । उने सरकारले आवश्यकताका आधारमा कानुनको संशोधन गर्नुपर्ने, कानुनको प्रभावकारी कार्यान्वयनका लागि सरकार कटिवद्ध रहेको, स्थानीय तहमा संरचना निर्माण हुने क्रममा रहेको बताउँदै अब बालश्रम स्थानीय सरकारको सरोकारको विषय बन्नुपर्ने धारणा राखे ।

राष्ट्रिय बालअधिकार परिषद् कार्यकारी निर्देशक धरेलले बालश्रम विकासको बाधकतत्व भएकाले स्थानीय तहमा बालश्रमका मुद्धा जोड्नुपर्ने बताए । उनले बालश्रम अन्त्यका लागि सरकारले राष्ट्रिय गौरवको विषय बनाउनुपर्नेमा जोड््दै बाल संरक्षण प्रणाली सुदृढीकरण भए बालश्रम अन्त्य गर्न सहज हुने बताए । उने बालश्रम निषेध र नियमित गर्ने ऐन, २०५६ को समयसापेक्ष संसोधन आवश्यक रहेको बताए ।

महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयका उपसचिव प्रसाईंले बालश्रम अन्त्य गर्ने ऐनको प्रभावकारी कार्यान्वयनका लागि सबैको समन्वय र सहकार्य हुनुपर्ने, बालसंरक्षण तथा बालश्रम अन्त्यका लागि स्थानीय तहमा रहेका संयन्त्रको परिचालन प्रभावकारी हुनुपर्ने, विद्यालयमा हुने ड्रपआउट दर घटाउँदै लैजानुपर्ने, बालविवाहले बालश्रममा धकेल्ने भएकाले यसतर्फ ध्यान दिनुपर्ने र पालिका जिम्मेवार हँुदै स्रोतमै कार्य गर्नुपर्ने बताए ।

कार्यक्रममा बालअधिकार अभियन्ताहरु तारक धिताल, किरण थापा, ऋतु भट्टराई, कृष्णचन्द्र आचार्य, मोहन दंगाल, कविता शाह, तिलोत्तम पौडेल, राजेश शर्मा, सन्तराम डंगोल, रविन नेपाली, कृष्ण सुबेदी, मणिराम आचार्य, वैजन्ती कार्की, लाल ओली, अनिता पाण्डेलगायतले बालश्रम अन्त्यका लागि सरकारले चाल्ने कदममा नागरिक समाजले सहकार्य गर्ने बताउँदै दीगो विकास लक्ष्य पूरा गर्न बालश्रम अन्त्य हुनुपर्ने भएकाले सरकारलाई यसतर्फ क्रियाशील हुन आग्रह गरे ।

कार्यक्रमका सभाध्यक्ष राष्ट्रिय बाल संरक्षण सञ्जाल अध्यक्ष खतिवडाले कार्यक्रम समापन गर्दै बालश्रम, बसाईंसराइ र बेचबिखन एकअर्कामा अन्तर्सम्बन्धित रहेको, बालश्रम निवारणका लागि सरकारले अगाडि ल्याएको राष्ट्रिय गुरुयोजना प्रभावकारी कार्यान्वयनका लागि नागरिक समाज र सरकारबीच समन्वय र सहकार्य हुनुपर्ने भएकाले सहकार्यका लागि नागरिक समाज तयार रहेको बताए ।

उनले दीगो विकास लक्ष्यको ८.७ एलायन्स स्थानीय तहसम्म क्रियाशील गराउन विकासका साझेदार संस्थासमेत संलग्न हुन आग्रह गर्दै बालश्रममुक्त स्थानीय तह घोषणा कार्यविधि, २०७७ अनुरुप कार्य गर्न राष्ट्रिय बालसंरक्षण सञ्जाल र यसमा आवद्ध संस्थाहरु क्रियाशील भइरहेको बताए । कार्यक्रममा कार्यक्रमको उद्धेश्य तथा सहभागीलाई स्वागत मन्तव्य कन्सोर्टियम नेपाल अध्यक्ष मोहन दंगालले र कार्यक्रमको सहजीकरण एनसीपीए महासचिव ज्ञानभक्त महर्जनले गरेका थिए ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles