हेटौंडा–हेटौंडा–११, नवलपुरमा भएको गणेश बर्तौला स्मृति टोलस्तरीय सेभेन ‘ए’ साइड फुटबल प्रतियोगिताको उपाधि सरस्वती टोलले जितेको छ । स्थानीय गोल्फेन्टार टोललाई ५–३ गोलअन्तरले पराजित गर्दै सरस्वती च्याम्पियन भएको हो ।

तल्लोताल खेलमैदानमा भएको प्रतियोगिता विजेता टोलीले नगद २० हजारसहित शिल्ड र मेडल प्राप्त गरेको थियो । उपविजेताले नगद १० हजारसहित ट्रफी र मेडल प्राप्त गरेको थियो । प्रतियोगिता विजेता, उपविजेता र उत्कृष्ट खेलाडीलाई हेटौंडा उपमहानगर उपमेयर राजेश बानियाँले पुरस्कार बितरण गरेका थिए ।

प्रतियोगिताका उत्कृष्ट गोलरक्षक सिमलटारका असर्फ अन्सारी र उत्कृष्ट खेलाडी सरस्वतीका करण लामा घोषित भए । अनुशासित टिम सिमलटार घोषित भएको थियो । समापन कार्यक्रममा उपमेयर बानियाँले शिक्षा, स्वास्थ्यसँगै खेलकुदलाई प्राथमिकतामा राखेर काम गरिने भन्दै उपमहानगरका १९ वटै वडामा खेल पूर्वाधार निर्माण र खेलाडी उत्पादनमा काम गरिने बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here