यसअघि प्रतिनिधिसभाको बैठकमा आगामी आर्थिक वर्ष २०८०/८१ को बजेटमाथिको छलफलमा एमाले अध्यक्ष ओलीले आइतबार मात्र २ घण्टा लामो बजेट टिप्पणीका क्रममा माओवादी ५३ बाट ३२ सिटमा झरेको र दुई माना कोदो पनि नफल्ने सुर्को बारी जत्रो बनेको भन्दै व्यंग्य गरेका थिए । यसैलाई लक्षित गर्दै शुक्रबारको बैठकमा शर्माले माओवादीसँग नेपालको राजनीतिक वातावरणलाई खिच्न सक्ने चुम्बकीय शक्ति रहेको बताए । र, राजनीतिक इतिहास माओवादीविना अपुरो हुने तर्क राखे ।
चुनावी परिणाममा पार्टी सानो बनेको तर संघीयता, धर्म निरपेक्षता, समावेशीता जस्ता मुद्दा माओवादीको विरासत भएको उनको भनाइ छ । ‘पार्टी संसदको तेस्रो शक्ति बनेपनि परिवर्तनको रापतापबाट आएको चुम्बकीय शक्ति बाँकी छड उनले भने, ‘यसको बलमा माननीय केपी ओलीजीलाई प्रधानमन्त्री बनाउन हामीले पार्टीगत, समूहगत र व्यक्तिगत रुपमा योगदान पुर्याएको होइनौं र ?’
उनले विगतका ओलीकै प्रधानमन्त्रीत्वकालका आफू अर्थमन्त्री रहँदा धेरै कुरा मिल्ने गरिएको, तर सत्ताबाट बाहिर परेपछि एमालेले अहिलेको बजेटप्रति कुण्ठा पोखेको आरोप लगाए । ओलीमा अहम्ता कायमै देखिएको भन्दै अहम्ताकै कारण एमालेमा क्षयिकरण नरोकिएको टिप्पणी गरे । ‘याद रहोस्, माओवादीको शक्तिबिना तपाईंको सिंहदरबार यात्रा कठिन छ र भइरहनेछ ।’
उनले आफू अर्थमन्त्री रहँदा ल्याइएका आर्थिक नीतिका कारण देशभित्र उत्पादन क्षेत्रमा विस्तार र बाह्य लगानीकर्ताहरु आउने क्रम बढेको बताए । बजेटलाई सुधार गरेर पारित गरी शीघ्र कार्यान्वयनमा लैजान सबै राजनीतिक दल एक ठाउँमा उभिनुको विकल्प नरहेको बताए ।
राजनीति-
