Friday, January 17, 2025

नेपाली कांग्रेसका नेता जगदिश्वरनरसिंह केसीले पार्टी सभापति शेरबहादुर देउवाले विधान मिचेर आफूखुशी निर्णय गरेको बताएका छन् ।

ताजा / भरखरै प्राप्त

कांग्रेस रुपान्तरण अभियानका लागि सुदूरपश्चिम पुगेका नेता केसीले पार्टी सभापति देउवाले विधान मिचेका कारण आज क्रियाशील सदस्यता लिएको मान्छेले भोलि नै केन्द्रीय सदस्य बन्ने अवस्था आएको बताए । यसबाट कांग्रेसको विधानको धज्जी उडेको उनले बताए ।

‘सभापतिको नजिक भएपछि आज क्रियाशील सदस्य लिन्छ । उहाँले १० वर्ष प्रमाणित गर्दिनुहुन्छ, ति मान्छे भोलि केन्द्रीय सदस्यमा लड्छन् । यस्तो अवस्था बनेको छ’ नेता केसीले भने । उनले कांग्रेसको विधान मिचिएर मेटिसकेको भन्दै कटाक्ष गरे । विधानले हरेक २ महिनामा केन्द्रीय समितिको बैठक बस्ने व्यवस्था भएपनि सभापतिको मनपरीका कारण १० महिनायता बैठक बस्न नसकेको उनले बताए । अहिले कांग्रेससँग विधान नै छ कि छैन भन्नुपर्ने अवस्था आएको बताए ।

देउवाको कार्यशैलीको चर्को आलोचना गर्दै केसीले पार्टीका विभाग गठन र पदाधिकारी मनोनित गर्न नसक्दा पार्टी नै थला परेको बताए । थला पर्दै गएको कांग्रेसलाई उठाउन देशभरबाट नेता कार्यकर्ताहरु एकजुट भएर उठ्न सुरु गरेको बताए ।

कांग्रेसको संस्थापन इतर पक्ष मानिने समूहले शुरु गरेको प्रदेश रुपान्तरण अभियान मधेश, बागमती, गण्डकी, कर्णाली हुँदै सुदूरपश्चिम पुगेको हो । प्रदेश अभियान सकिएपछि जिल्ला र क्षेत्रमा अधिवेशन गर्ने तयारी गरिएको छ ।

सुदूरपश्चिमकाे चर्को गर्मीका बाबजुद कार्यक्रममा बाक्लाे संख्यामा सयौं नेता कार्यकर्ताहरु सहभागी थिए,!

Previous article
स्रोत नखुलेको १४ लाख बढी रुपैयाँसहित एक जना नियन्त्रणमाकाठमाडौं। बाँकेमा स्रोत नखुलेको १४ लाख भन्दा बढी रुपैयाँसहित एक जना पक्राउ परेका छन् । नेपालगञ्ज उपमहानगरपालिका-१६ चौलिका चोकबाट स्रोत नखुलेका १४ लाख ६ हजार ५ सय रुपैयाँसहित उनलाई सशस्त्र प्रहरीले नियन्त्रणमा लिएको हो ।पक्राउ पर्नेमा डुडुवा गाउँपालिका-४ साहपुरुवा बस्ने ३५ वर्षीय उमाकन्त गुप्ता रहेका छन् ।भे ६ प ३७४६ नम्बरको मोटरसाइकलमा सवार उनलाई सशस्त्र प्रहरीले शंका लागि जाँच गर्दा उनको साथमा उक्त रुपैयाँ फेला परेको प्रहरीले बताएको छ । उनलाई बरामद रुपैयाँसहित आवश्यक कारबाहीको लागि भन्सार कार्यालय जमुनाह बाँकेमा बुझाइएको सशस्त्र प्रहरीले जनाएको छ ।
Next article
घर जग्गा लोन सेवा नामको फेसबुक पेज बनाएर ठगेको आरोपमा पक्राउ-:घर जग्गा लोन सेवा नामको फेसबुक पेज बनाएर ऋण दिन्छु भन्द्र ५७ लाख २० हजार रुपैयाँ ठगेको आरोपमा एक जना पक्राउ परेका छन् ।पक्राउ पर्नेमा सिन्धुपाल्चोक जिल्लाको मेलम्ची ११ घर भई काठमाडौंको बसुन्धरामा बस्ने २७ वर्षका नकुल चालिसे, आकाश भट्टराई, आरएन क्षेत्री भन्ने रामचन्द्र चालिसे रहेका प्रहरीले जनाएको छ ।जिल्ला प्रहरी परिसर काठमाडौंका सूचना अधिकारी प्रहरी उपरीक्षक सिताराम रिजालका अनुसार रामचन्द्र चालिसेले उत्तमकुमार, राजकुमार तामाङ, सोनुबाबु लामा र विष्णु क्षेत्री तथा गणेशबहादुर खड्का लगायतका व्यक्तिलाई ऋण दिन्छु भनेर उनीहरुसँग ५७ लाख २० हजार लिएका थिए ।उनले अर्काएको नागरिकता दुरुपयोग गरेर विभिन्न बैंकमा खाता खोली ती खाताको चेक दिइ उनीहरुलाई ठगेको पाइएको प्रहरीको दाबी छ ।घर जग्गा लोन सेवा नामको फेसबुक पेजबाट सम्पर्क भएका रामचन्द्र चालिसेबाट कोही ठगीमा परेको भए जिल्ला प्रहरी परिसर टेकुमा सम्पर्क गर्न पन प्रहरी उपरीक्षक रिजालले आग्रह गरेका छन् ।
spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles