Saturday, November 2, 2024

माछा मार्न करेन्ट लगाउने क्रममा युवकको मृत्यु

ताजा / भरखरै प्राप्त

मुगु । खोलामा माछा मार्न करेन्ट लगाउँदा माछा मार्ने युवकलाई नै करेन्ट लागेर मुत्यु भएको छ ।मुगु जिल्ला छायाँनाथ रारा नगरपालिका–१ र ४ मा पर्ने घट्टे खोलामा माछा मार्न करेन्ट लगाउने क्रममा करेन्ट लागेर सोही नगरपालिका–४ भाम वाडा घर भएका २२ वर्षीय सञ्जय भामको शुक्रबार मृत्यु भएको हो ।
ब्याट्री र १२ भोल्टको इन्भर्टर लगेर खोलामा माछा मार्न गएका भामको दिउँसो २ बजेतिर खोलामा करेन्ट लागेर बेहोस भएपछि उनका साथीहरूले जिल्ला अस्पताल मुगुमा पुर्याएका थिए ।
अस्पतालमा पुगेपछि भामको ३ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक महेश बस्नेतले जानकारी दिए । शव परीक्षणका लागि जिल्ला अस्पताल मुगुमा राखिएको छ ।
माछा मार्न प्रयोग गरिएका ब्याट्री र इन्भर्टर प्रहरीले नियन्त्रणमा लिइसकेको छ ।मुगु कर्णाली नदी र यसका सहायक खोलामा माछा मार्नका लागि पछिल्ला वर्षमा करेन्ट प्रयोग बढ्दै गएको छ ।

Previous article
हिरासतबाट फरार थुनुवा साढे ४ महिनापछि पक्राउजनकपुरधाम । धनुषाको इलाका प्रहरी कार्यालय सखुवा महेन्द्रनगरको हिरासत फोडेर फरार भएका एक थुनुवा पक्राउ परेका छन् ।पक्राउ पर्नेमा क्षिरेश्वरनाथ नगरपालिका-२ रमदैयाका २५ वर्षीय रोशन यादव छन् । उनलाई विशेष सुचनाको अधारमा आज बिहान साढे १० बजे भारत बिहारको सितामढी जिल्लाबाट दिदीको घर महोतरी औरही बजार आउँदै गरेको अवस्थामा पक्राउ गरेको धनुषाका प्रहरी प्रवक्ता डीएसपी वेदप्रसाद गौतमले जानकारी दिए ।उनी शान्ति विरुद्धको अपराध मुद्दा शिर्षकमा पक्राउ परी थुनामा थिए । माघ १५ गते राति हिरासत फोडेर यादवसहित ६ थुनुवा फरार भएका थिए । जसमध्ये पाँचजनालाई यसअघि नै प्रहरीले विभिन्न स्थानबाट पक्राउ गरिसकेको छ ।
Next article
spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles