Tuesday, October 22, 2024

नेपाल टेलिकमविरुद्ध अख्तियार दुरूपयोग अनुसन्धान आयोगमा उजुरी परेको छ । दूरसञ्चारका १५२ वटा टावर खरिद तथा निर्माणमा भ्रष्टाचार भएको भन्दै भन्दै उजुरी परेको हो ।

ताजा / भरखरै प्राप्त

नेपाल टेलिकमले आफ्नो नेटवर्क विस्तारका लागि १३ फेब्रुअरी २०२३ मा गरिएको बोलपत्रमा घुस रकम लिएर भ्रष्टाचार गरेको आरोप उजुरीमा छ ।

बाेलपत्रउपर मैनावति स्टिल इन्डस्ट्रिज भगवती स्टील इण्ड्रस्टीज र भारतको उत्सर्ग इन्डियासमेत ३ वटा कम्पनीले प्रस्ताव पेस गरेका थिए । तर मैनावति स्टिल इन्डस्ट्रिजसँग करोडौँ घुसको आडमा बद्नियतपूर्वक मैनावतिलाइ टेन्डर दिइएको आरोप टेलिकमकै कर्मचारीबाट दायर उजुरीमा लगाइएको छ ।

बोलपत्र मूल्यांकन समितिले ३ कम्पनीमध्ये मैनवती र भगवतीलाई योग्य ठहर गरिए पनि अन्तिममा तहगत व्यवस्थालाई मिचेर मैनवतीलाई टेण्डर दिइनुले भ्रष्टाचारको आधार पुष्टि हुने उजुरीकर्ताको जिकिर छ । प्रबन्धक अनुप रेग्मीको संयोजकत्वमा पहिलो बोलपत्र मूल्यांकन मिति गठन गरिएको थियो ।

समितिले बोलपत्रका लागि प्रक्रिया अगाडि बढाउन निर्णय हुन प्रतिवेदनसहित टिप्पणी फाइल केन्द्रीय कार्यालय पठाइएकोमा प्रमुख प्राविधिक अधिकृत प्रतिभा वैद्य बिदामा रहेको मौका परी तहगत योग्यता नै नपुग्ने अधिकृतद्वय प्रबन्धक सोभन अधिकारी र उप–प्रबन्धक सुजित आनन्द मल्ल सदस्य रहको दोस्रो मूल्यांकन समिति गठन गरी प्रबन्धक देवेन्द्र खतिवडाले मैनवतीलाई टेण्डर दिइएको दाबी गरिएको छ ।

खतिवडा १० औं तहका कर्मचारी हुन् । १० तहको प्रबन्धकलाई प्रमुख प्राविधिक अधिकृतको जिम्मेवारी दिइने व्यवस्था नै नरहेको अवस्थामा टेण्डर दिएर खतिवडा, उपप्रबन्धक आनन्द र प्रबन्धक शाेभनले टोकनस्वरूप रु १ करोड रूपया लिइसकेको र पछि ५ करोड रूपैया मैनावतिमार्फत् घुस लिने डिल भएको बुझिन आएको दाबी उजुरीमा गरिएको छ ।

अनुचित लाभ लिने व्यक्तिहरुमाथि टेण्डरका निर्णयलगायत सम्पूर्ण कागजात नियन्त्रणमा लिई अनुसन्धान गर्न र कारवाहीको दायरामा ल्याउन माग गरिएको छ ,!

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles