Friday, January 17, 2025

नेपाल वायुसेवा निगमले मलेसियाको क्वाललम्पुरबाट भैरहवामा रहेको गौतमबुद्ध अन्र्तराष्ट्रिय बिमानस्थलमा मंगलबाबाट उडान सुरु गरेको छ । नेपाल एयरलाईन्सको १ सय ५८ जना क्षमता रहेको न्यारोबडी बिमानले पहिलो दिन ३१ जना यात्रु लिएर भैरहवा अवतरण गरेको हो । बिमानमा मलेसियाका वरिष्ठ पर्यटन ब्यवसायीहरु नेपाल आएका छन् । सञ्चालनमा आएको एक बर्ष पछि नेपाल वायुसेवाको बिमान भैरहवा बिमानस्थलमा अवतरण हुदा यहाको निजि क्षेत्र हर्षित भएको छ । बिमानलाई स्वागत गर्न संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किराती भैरहवा आउनु भएको थियो ।

ताजा / भरखरै प्राप्त

Previous article
Next article
धनुषामा महिला हत्याको आरोपमा युवक पक्राउजनकपुरधाम-: धनुषामा एक महिलाको हत्या आरोपमा युवक पक्राउ परेका छन् ।धनुषाको मिथिलाबिहारी नगरपालिका-८ तारापट्टीकीका ४२ वर्षीया उषा दासको हत्या आरोपमा बाराको कलैया नगरपालिका-१८ घर भई जनकपुरमा घर बनाउने मिस्त्री काम गर्ने २२ वर्षका ओमलाल मण्डल पक्राउ परेका हुन् ।जिल्ला प्रहरी कार्यालय धनुषाले मण्डललाई चितवनबाट पक्राउ गरी ल्याएर मंगलबार सार्वजनिक गरेको छ । २८ जेठको साँझमा प्रहरीले उषाको शव उनकै घर नजिकैको पोखरीको डिलबाट बरामद गरेको थियो ।धनुषाका प्रहरी प्रमुख प्रहरी उपरीक्षक (एसपी) विश्वराज खड्काका अनुसार मण्डललाई हिरासतमा राखेर कर्तव्य ज्यान मुद्दामा अनुसन्धान भइरहेको छ ।उषाको २० जेठमा नै हत्या भएको थियो । २८ गते साँझ ५ बजे पोखरीको छेउमा जनावरले खोस्रेको देखेपछि शंका लागेर स्थानीय वासिन्दाले प्रहरीलाई खबर गरेका थिए । प्रहरीले उत्खनन गरेपछि उषाका छोराबुहारीले शव सनाखत गरेका थिए ।एकल महिला उषाको हत्या उनका छोराबुहारी घरमा नभएको बेला भएको थियो । प्रहरीले मृतक उषाको कपडा, खाल्डो खन्न प्रयोग भएको बेल्चा पनि बरामद गरेको छ । शव पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल जनकपुरमा राखिएको छ ।
spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles