Friday, January 17, 2025

सहसचिवसहित १०३ जना कर्मचारी कारबाहीमाकार्यालय समयमा उपस्थित नभएका संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका १ सय ३ जना कर्मचारी कारबाहीमा परेका छन् ।विभागीय मन्त्री अमनलाल मोदीको निर्देशनमा सचिव डा.कृष्णहरी पुष्करले सोमबार मन्त्रालयमा छड्के जाँच गरेका थिए । सोही क्रममा बिहान सवा १० बजेसम्म पनि कार्यालय उपस्थित नभएका कर्मचारी कारबाहीमा परेका हुन् ।कारबाहीमा पर्नेमा सहसचिव १ जना, उपसचिव २३ जना, शाखा अधिकृत ३६ जना र नासु तथा सहायकस्तरका कर्मचारी ४१ जना रहेका छन् ।कारबाहीमा परेका कर्मचारीहरुको आजको हाजिरीमा रातो लगाइएको बताइएको छ ।

ताजा / भरखरै प्राप्त

Previous article
Next article
न्यूरोडमा खुकुरी प्रहार गरी दाइको हत्या, भाइ पक्राउकाठमाडौं न्यूरोडमा खुकुरी प्रहार गरी एक जनाको हत्या भएको छ ।काठमाडौंग महानगरपालिका- २३ का २५ वर्षीय सुरज शाक्यले गएराती आफ्नै दाइ ४५ वर्षीय सूर्य शाक्यको धारिलो हतियार प्रहार गरी हत्या गरेका हुन् ।मदिरा सेवन गरी घर आएका दाइ सूर्यले आमालाई गालीगलौज गर्न थालेपछि भाइ सुरज शाक्यले धारिलो हतियार प्रहार गरी रातको करिब १२ बजे दाइको हत्या गरेको प्रहरी वृत्त जनसेवाका डीएसपी भेषराज रिजालले जानकारी दिए ।हत्यापछि फरार भएका भाइ सुरजलाई प्रहरीले बाङ्गेमुढाबाट नियन्त्रणमा लिएको छ । घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles