Thursday, January 2, 2025

पाँचथरमा कीर्ते कागजात पेस गरी नागरिकता बनाउन खोजेको अभियोगमा पाँचथर प्रहरीले दुई जनालाई पक्राउ गरेको छ ।

ताजा / भरखरै प्राप्त

पक्राउ पर्नेमा फाल्गुनन्द गाउँपालिका–१ नवमीडाँडा घर भएका ६४ वर्षीय गंगाप्रसाद आङदेम्बे र भारत आसम निवासी उनका २२ वर्षीय भतिजा सुमित आङदेम्बे छन् ।

गंगाप्रसाद र सुमितले यसअघि पनि पटकपटक नागरिकता बनाउने प्रयास गरेकोमा पछिल्लो पटक जेठ ३० गते जिल्ला प्रशासन कार्यालय पाँचथर आएका बखत उनीहरूले ल्याएका कागजात जाँच गर्दा सुमित भारतीय नागरिक भएको खुलेपछि पक्राउ गरिएको पाँचथरका प्रमुख जिल्ला अधिकारी मेखबहादुर मगरातीले बताए ।

पक्राउ परेका दुवैलाई प्रहरीले बुधबार पाँचथर अदालतमा म्याद थप गरेर अनुसन्धान प्रक्रिया सुरु गरेको छ । अनुसन्धानले गंगाकी श्रीमतीको पहिलो विवाह भारतीयसँग भएको थियो । गंगासँग दोस्रो विवाह गरेर आएपछि गंगाले प्रक्रिया पुर्‍याएर अंगीकृत नागरिकता बनाइदिएका थिए ।

सुमितले भारतबाटै नागरिकता लिनका साथै मतदाता परिचयपत्र पनि बनाएको प्रमाण भेटिएको प्रशासन स्रोतले जनाएको छ ,!

Previous article
Next article
साउदी अरबको मक्कामा आयोजना हुने ‘अन्तर्राष्ट्रिय कुरान वाचन प्रतियोगिता’ मा नेपाल पनि सहभागी हुने भएको छ ,! आज मुस्लिम आयोगले प्रतियोगितामा नेपालबाट पनि प्रतिनिधित्व हुने जानकारी गराएको हो ।नेपाल सरकार परराष्ट्र मन्त्रालयले आयोगलाई पठाएको पत्रमा सो कुरा उल्लेख गरिएको आयोगका अध्यक्ष समिम मियाँ अन्सारीले बताए ।परराष्ट्र मन्त्रालयले सो प्रतियोगितामा सहभागी हुने एक जना छनौटको कामको संयोजन गर्ने जिम्मेवारी पनि सोही आयोगलाई दिएको छ । आयोगले नेपाल सरकारमा रजिष्ट्रर भएका मदरसाबाट आवेदन आह्वान गरेको थियो । त्यसमा १२ जनाले आवेदन गरेको र उनीहरुमध्येबाट उत्कृष्ट एक जनाको छनौट गरी सो प्रतियोगितामा सहभागी गराउन लागिएको पनि आयोगका अध्यक्ष अन्सारीले बताए ।सो अन्तर्राष्ट्रिय प्रतियोगिता अगष्ट २५ देखि सेप्टेम्बर ६ अर्थात् नेपाली समय आगामी भदौ ८ देखि २० गतेसम्म हुनेछ । प्रतियोगितामा विश्वका विभिन्न देशहरुबाट एक÷एक जना प्रतियोगी सहभागी हुनेछन् । त्यसमध्येबाट प्रथम हुनेलाई २ लाख रियाल नगदसहितको पुरस्कार दिइने पनि आयोगले जनाएको छ ।
spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles