Just In: Oman gives a target of 268 runs to Nepal despite having a bad start in the ongoing warm-up match of ICC Cricket World Cup Qualifiers. Sompal Kami took 5 wickets for Nepal.
Pic. CAN
Previous article नेपालमा पहिलो पटक राष्ट्रिय कफी सम्मेलन हुँदैकाठमाडौंमा असार २ गतेदेखि राष्ट्रिय कफी सम्मेलन तथा प्रर्दशनीजेठ ३०, काठमाडौं । नेपाली कफीको उत्पादन, उपभोग तथा निर्यात प्रवर्द्धन गर्ने मुल उद्देश्यले नेपालमा पहिलो पटक राष्ट्रिय कफी सम्मेलन हुँदैछ । आगामी असार २ देखि ५ गतेसम्म काठमाडौं नयाँबजारमा ‘राष्ट्रिय कफी सम्मेलन तथा प्रर्दशनी २०८०’ आयोजना हुन लागेको हो ।नेपाल कफी व्यवसायी महासंघले नेपाल सरकार उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय, कृषि तथा पशुपन्छी विकास मन्त्रालय, , युरोपियन युनियनको सहयोगमा संचालित व्यापार तथा लगानी कार्यक्रम मार्फत अन्तर्राष्ट्रिय व्यापार केन्द्र, राष्ट्रिय चिया तथा कफी विकास बोर्ड, नेपाल पर्यटन बोर्डको सहकार्यमा उक्त सम्मेलन तथा प्रदर्शनीको संचालन गर्दैछ ।‘ नेपाली कफी माग स्वदेशी तथा विदेशी बजारमा व्यापक रूपमा बढ्दै गए पनि यसको उत्पादन तथा निर्यात बढाउन नसकिएको अवस्थामा यसक्षेत्रको समग्र मूल्य श्रींखलालाई मजवुत बनाउने उपयहरूको खोजी गर्ने तथा अवसरको पहिचान गर्न यो सम्मेलन तथा प्रदर्शनी नेपालमै पहिलो पटक आयोजना गर्न लागिएको हो’यस सम्बन्धी सोमवार आयोजित पत्रकार सम्मेलनमा नेपाल कफी व्यवसायी महासंघका अध्यक्ष ओम अधिकारीले भने ।यस व्यवसायमा युवा तथा महिलाको आकर्षण बढाउन पनि यो सम्मेलन सहयोगी हुने उनले विश्वास व्यक्त गरे । आन्तरिक एवं वाहय बजार प्रर्वद्धन गर्ने, कफी क्षेत्र विकास प्रवर्द्धनका लागि आवश्यक नीति तथा कानूनी विषयमा वहस गर्ने तथा उद्यमी व्यवसायीका वस्तु तथा सेवाहरुको प्रर्दशनी गर्ने उद्देश्य पनि सम्मेलनको छ । नेपालमा कुल १२ लाख हेक्टर जमिनमा कफी खेती गर्न सकिने भए पनि केवल ३३०० हेक्टरको हाराहारीमामात्र खेती हुने गरेको छ ।सम्मेलनमा कफी उत्पादकहरु, उपकरण निर्माताहरु, निर्यातकर्ताहरु र अन्य कफी क्षेत्र उद्योग सम्बन्धित व्यवसायहरुलाई आफ्ना उत्पादनहरु प्रदर्शन हुनुका साथै यसक्षेत्रका प्रयोग हुने मेसिनरीहरु, रोस्टिङ प्रविधिहरु, प्याकेजिङग समानहरु अवलोकन गर्ने अवसर आगन्तुकहरूले पाउने जनाइएको छ ।नेपालमा वार्षिक कुल ३५० टनको हाराहरीमा उत्पादन र औपचारिक तरिकाले त्यतिनै मात्रामा आयात हुने गरे पनि खपत भने २१०० टन जति हुने गरेको व्यवसायीहरूले जनाएका छन् । नेपालमा उदाउँदो निर्यातमूलक क्षेत्रको रूपमा रहेको कफी व्यवसायले प्रत्यक्ष तथा अप्रत्यक्ष गरी २० हजार भन्दा बढीलाई रोजगारी दिंदै आएको महासंघका महासचिव सन्तोष पोखरेलले जानकारी दिए । सम्मेलनले कफी उत्पादकहरुलाई राष्ट्रिय र अन्तर्राष्ट्रिय उद्यमी व्यवसायीहरुसँग सम्पर्क स्थापित गर्न र बजार पहुँच विस्तार गर्न अवसरहरु सिर्जना गर्ने विश्वास लिइएको छ ।नेपालमा ४२ जिल्लामा कफी खेतीको संभावना भए पनि त्यसको करीब आधा जिल्लामा मात्र व्यवसायिक खेती हुने गरेको छ। Next article पुराना र बदनाम हटाउदै डिआइजी राणापहिलोपटक समातियो ठूलो परिमाणको सुनहेटौंडा । बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाका प्रमुख डिआइजी किरण राणाले मातहतका प्रहरी कार्यालयहरूमा आमूल परिवर्तन गर्ने तयारी गरेकी छन् । तर उनी आफ्नो अभियानमा सफल हुन सक्छिन सक्दिनन् त्यो भने हेर्न बांकी नै छ। नेपाल प्रहरीमा लामो समयदेखिको एउटा रोग छ त्यो भनेको दशौं बर्ष सम्म पनि एकै ठाउँमा कार्यरत रहने , दरबन्दी अन्यत्र भए पनि दरबन्दीमा नगई सुबिधा सम्पन्न र अतिरिक्त आम्दानी हुने ठाउँमा मात्रै बस्ने । यसबाहेक मुद्दा शाखा र घुमुवाहरूको हकमा त उनीहरूलाई नियम नै लाग्दैन । किनकि आफ्नो हाकिम मात्रै होइन जिल्ला स्थित देखि प्रदेश र मुख्यालयको सम्बन्धित प्रमुख सम्मलाई नजरना चढाएर दशौं बर्ष सम्म एकै ठाउँमा बस्ने गरेको देखिन्छ । कुनै पनि प्रहरी महानिरीक्षकले यो सेटिङको अवस्था हटाउन सकेनन् । अहिलेका महानिरीक्षकले काजमा बस्नेलाई दरबन्दीमा पठाउने अभियान चालेपनि त्यो पूर्ण रूपमा कार्यान्वयनमा आउन सकेको छैन ।बागमती प्रदेश प्रहरी प्रमुख किरण राणाले अहिले दुई बर्ष भन्दा बढी बसेका सिपाही देखि सई दर्जा सम्मका प्रहरीलाई प्रदेश मातहत सरूवाको अन्तिम तयारी गरेकी छिन् । अझ घुमुवा र मुद्दा शाखामा बस्नेलाई उनले अनिवार्य सरूवाको तयारी गरेकी छिन् । मकवानपुर र चितवन जिल्लामा त पन्ध्र बर्षदेखि बस्नेहरू पनि रहेको उनलाई सूचना पुगेको थाहा भएको छ। दरबन्दी जिल्ला मात्रै नभएर प्रदेश बाहिर भए पनि दरबन्दीमा नगएर मकवानपुर र चितवनमा मात्रै बस्ने , कहिले घुमुवा , कहिले मुद्दा , कहिले मालदार चौकीमा टेण्डर हालेर जाने अनि गांजा देखि काठ र गिट्टीबालुवाको तस्करी गराउने जस्ता काममा लागेका प्रहरीहरू धेरै छन् । यस्ता बदनाम जसले प्रहरी संगठन र बर्दीको दुरुपयोग गरेका छन् उनीहरूलाई सरूवा गरेर रमाना गराउन सके डिआइजी राणाको सराहनीय काम हुने प्रहरी अधिकारीहरू बताउँछन् ।यसबाहेक ट्राफिक प्रहरीमा यो समस्या झन् विकराल छ। काभ्रे , सिन्धुपाल्चोक , सिन्धुली , रामेछाप , रसुवा , धादिङ , नुवाकोटमा ट्राफिक प्रहरीको अतिरिक्त कमाई मकवानपुर र चितवनका ट्राफिकको भन्दा पनि धेरै हुनेहुनाले यहाँ कार्यरत ट्राफिक प्रहरीहरू अन्यत्र जान चहादैनन। सरूवा वा काज भैहाले पनि चौतर्फी सोर्सफोर्स लगाएर साविककै ठाउँमा बस्ने गर्दछन । उनीहरूको पनि आमूल परिवर्तन गर्ने तयारीमा डिआइजी राणा रहेको थाहा भएको छ ।।वर्तमान प्रहरी महानिरीक्षक बसन्त कुंवरले नेतृत्व लिएपछि मकवानपुर प्रहरीले पहिलोपटक सुन पक्राउ गरेको छ । तस्करीको सुन पक्राउ परेपछि भने सुनको तस्करी भैरहेको पुष्टि हुन्छ । काठमाडौबाट गएको सुन कति प्रहरीको चेकिङ भए पनि कसरी हेटौंडामा बरामद भयो भन्ने प्रश्न पनि उठेको छ। कांचो सुन बिस्कुट नै बरामद भए पछि कि त उक्त सुन एयरपोर्ट या त रसुवाबाट तस्करी भएको पुष्टि हुन्छ । कसको सेटिङमा उक्त सुन मकवानपुर सम्म पुग्यो गम्भीर प्रश्न उठेको छ। रक्सौल बस्ने भारतीय नागरिकले लगानी गरेको उक्त सुन बिरगंज बस्ने नेपालीले भरियाको रूपमा बोकेर लगेको अवस्थामा बागमती प्रदेशको सुराकीमा मकवानपुर प्रहरीले बरामद गरेको थियो ,! ( साभार )