Tuesday, January 21, 2025

नेटवर्क बिजनेसको नयाँ शैली मा ठगी-:_________ विभिन्न बहानामा मानिसलाई ठगी गरेको आरोपमा प्रहरीले चार जनालाई पक्राउ गरेको छ।प्रहरी वृत्त महाराजगञ्जबाट खटिएको टोलीले काठमाडौंका विभिन्न स्थानबाट उनीहरुलाई नियन्त्रणमा लिएको हो। पक्राउ पर्नेमा मोरङ बिराटनगर महानगरपालिका वडा नम्बर १० घर भएका २६ को पवन मगर, सुनसरी इटहरी उपमहानगरपालिका वडा नम्बर १७ घर ३० वर्षीय कुलचन्द्र बिक्की खत्री, काभ्रेपलाञ्चोकका २५ वर्षीय मनिष श्रेष्ठ र उदयपुर गाईघाटका ३१ वर्षीय ताराबहादुर राई रहेका छन्। उनीहरु क्रियटिभ मिसन प्रालिका सञ्चालक समेत हुन्।ठगीका लागि उनीहरुले स्थानीय उत्पादनलाई प्रोत्साहन तथा बढुवा दिने उद्देश्यले विभिन्न निकायमा दर्ता गरि विभिन्न नामका कम्पनीहरुको स्थापना गरेको पाइएको छ।तिनै कम्पनीमा आवद्ध गराई शुल्क लिई मार्केटिङ स्किल तथा नेटवर्किङ बिजनेस सम्बन्धी तालिम दिँदै आएका थिए।छोटो समयमा राम्रो प्रतिफल प्राप्त गर्न सकिने आश्वासन र विश्वास दिलाएपछि प्रलोभनमा पारी मानिसहरु उनीहरुतिर आकर्षित भएको देखिन्छ। अन्तत: कामका लागि पैसा तिरेर तालिम लिनेहरु नै ठगी धन्दामा पर्ने गरेको प्रहरीको अनुसन्धानमा खुलेको छ। कम गुणस्तर तथा न्युन मुल्य पर्ने लत्ता कपडाहरु, झोला, जुत्ता लगायतका सामग्रीहरु बढी मुल्यमा खरिद गर्न लगाउने काम उनीहरुले गराउँदै आएको पुष्टि भएको छ। जति धेरै मानिसहरुलाई कम्पनीमा आवद्ध गराई सामग्रीहरु खरिद गराउन सकियो, सोही अनुपातमा कम्पनी मार्फत् कमिसन प्राप्त हुने भएकाले मानिसहरु उनीहरुति आकर्षित भएका थिए। प्रहरीका अनुसार नेटवर्किङ शैली ठगी भइरहेको थियो।आश्वासन देखाई प्रलोभनमा पारी सयौं व्यक्तिलाई तालिममा सहभागी गराएको देखिएको छ। कम्पनीमा आवद्ध गराउन लगाउने तथा विभिन्न तालिममा सहभागी गराई प्रतिव्यक्ति एक हजार रुपैयाँ लिने गरेको खुलेको छ। अहिलेसम्म उनीहरुले ३ सय जना मानिसबाट रकम उठाएको देखिएको छ।काठमाडौंको रानीबारीस्थित सुमन श्रेष्ठको ५ तले पक्की घरको तेस्रो तला भाडामा लिई क्रियटिभ मिसन कम्पनी संचालन गरेको पाइएको हो। उनीहरु विरुद्ध प्रहरीले मुलुकी अपराध संहिता, २०७४ परिच्छेद २१ को ठगी, आपराधिक विश्वासघात तथा आपराधिक लाभ (एक्सटर्सन) सम्बन्धी कसूरमा काठमाडौ जिल्ला अदालतबाट दिन सात (७) म्याद थप गरि अनुसन्धान गरिरहेको छ।

ताजा / भरखरै प्राप्त

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles