Saturday, June 20, 2026

बाराका मटिअर्वा नाकामा आवतजावतमा एसएसबीको कडाइ

ताजा / भरखरै प्राप्त

कलैया—बारा जिल्लाको मुख्य सीमा नाका मटिअर्वाबाट भारततर्फ जाने र आउने नेपाली नागरिक तथा नेपाली नम्बर प्लेटका सवारीसाधनमाथि भारतीय एसएसबीले आंशिक रूपमा रोक लगाएको स्थानीयवासीहरूले बताएका छन् । स्थानीयका अनुसार दैनिक उपभोगका घरायसी सामानहरू समेत नेपालतर्फ ल्याउन नदिँदा सर्वसाधारण मारमा परेका छन् । स्थानीय बासिन्दाहरुले सीमा क्षेत्रमा कडाइ बढाइएपछि आवतजावतमा कठिनाइ भईरहेको र व्यापारिक गतिविधि समेत प्रभावित बनेको गुनासो गरेका छन्। विशेष गरी दैनिक किनमेल तथा साना व्यवसायमा निर्भर रहेका नागरिकहरू बढी प्रभावित भएका छन्।
मटिअर्वा नाकाबाट नियमित रूपमा आवतजावत गर्ने सर्वसाधारणले भारतीय सुरक्षाकर्मीले बिना स्पष्ट जानकारी सामान ल्याउन रोक लगाएको बताएका छन् । यसले सीमा क्षेत्रका नागरिकहरूमा अन्योल र चिन्ता बढाएको स्थानीयहरुको भनाईं छ।
यस विषयमा सम्बन्धित निकायबाट आधिकारिक धारणा सार्वजनिक हुन बाँकी रहेको छ । सीमा क्षेत्रमा देखिएको पछिल्लो अवस्थाले स्थानीय जनजीवन र सीमापार व्यापारमा असर परेको स्थानीय नागरिकहरूको भनाइ रहेको छ ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles