Saturday, April 19, 2025

विद्यालयमा अनुपस्थित हुने शिक्षक-कर्मचारीलाई पदमुक्त गर्ने बालेनकाे चेतावनी

ताजा / भरखरै प्राप्त

काठमाडौँ महानगरपालिकाका प्रमुख (मेयर) बालेन्द्र साहले महानगरभित्रका सबै विद्यालयमा नियमित कक्षा सञ्चालन गर्न निर्देशन दिँदै अनुपस्थित शिक्षक र कर्मचारीलाई पदमुक्त गर्ने चेतावनि दिएका छन् ।प्रमुख साहले विद्यालयमा नियमित कक्षा सञ्चालन गर्न बाधा पुर्याउने संस्था तथा कर्मचारीलाई कारबाही गर्ने चेतावनी दिएका हुन्। उनले भने, “अनुपस्थित भएमा काठमाडौँ महानगरपालिका शिक्षा ऐनको दफा ४१ (क) बमोजिम शिक्षक वा कर्मचारीलाई पदबाट हटाइनेछ ।”
प्रमुख साहले विद्यालय व्यवस्थापन समितिबाट नियमित कक्षा सञ्चालनका निम्ति पहल नभएमा एवं नियमित कक्षा सञ्चालनमा कुनै बाधा पुर्याउने काम भएमा समिति विघटन गर्ने बताए । यस्तै कुनै संस्थाले बल प्रयोग गरी बन्द गरेका खण्डमा नेपाल प्रहरीसँग समन्वय गरी नियन्त्रणमा लिन लगाई फौजदारी मुद्दा चलाउन पहल गर्ने उनको भनाइ थियो ।
सरकारले विद्यालयलाई शान्तिक्षेत्र घोषणा गरेको तथा विद्यालय शान्ति क्षेत्र राष्ट्रिय ढाँचा र कार्यान्वयन निर्देशिका, २०६८ अनुसार कुनै पनि दलीय राजनीतिक तथा अन्य स्वार्थका लागि विद्यालय बन्द, हड्ताल र पठनपाठनमा अवरोध गर्नेजस्ता क्रियाकलाप नभएको हुनुपर्ने व्यवस्था गरेको समेत उनले उल्लेख गरेका छन् ।
मेयर साहले महानगरपालिकाभित्रका विद्यालयमा विद्यालय शान्ति क्षेत्रको अवधारणाविपरीत हुनेगरी कुनै पनि कार्य गर्न बन्देज गरिएको समेत जनाएका छन् ।

Previous article
Next article
नेटवर्क बिजनेसको नयाँ शैली मा ठगी-:_________ विभिन्न बहानामा मानिसलाई ठगी गरेको आरोपमा प्रहरीले चार जनालाई पक्राउ गरेको छ।प्रहरी वृत्त महाराजगञ्जबाट खटिएको टोलीले काठमाडौंका विभिन्न स्थानबाट उनीहरुलाई नियन्त्रणमा लिएको हो। पक्राउ पर्नेमा मोरङ बिराटनगर महानगरपालिका वडा नम्बर १० घर भएका २६ को पवन मगर, सुनसरी इटहरी उपमहानगरपालिका वडा नम्बर १७ घर ३० वर्षीय कुलचन्द्र बिक्की खत्री, काभ्रेपलाञ्चोकका २५ वर्षीय मनिष श्रेष्ठ र उदयपुर गाईघाटका ३१ वर्षीय ताराबहादुर राई रहेका छन्। उनीहरु क्रियटिभ मिसन प्रालिका सञ्चालक समेत हुन्।ठगीका लागि उनीहरुले स्थानीय उत्पादनलाई प्रोत्साहन तथा बढुवा दिने उद्देश्यले विभिन्न निकायमा दर्ता गरि विभिन्न नामका कम्पनीहरुको स्थापना गरेको पाइएको छ।तिनै कम्पनीमा आवद्ध गराई शुल्क लिई मार्केटिङ स्किल तथा नेटवर्किङ बिजनेस सम्बन्धी तालिम दिँदै आएका थिए।छोटो समयमा राम्रो प्रतिफल प्राप्त गर्न सकिने आश्वासन र विश्वास दिलाएपछि प्रलोभनमा पारी मानिसहरु उनीहरुतिर आकर्षित भएको देखिन्छ। अन्तत: कामका लागि पैसा तिरेर तालिम लिनेहरु नै ठगी धन्दामा पर्ने गरेको प्रहरीको अनुसन्धानमा खुलेको छ। कम गुणस्तर तथा न्युन मुल्य पर्ने लत्ता कपडाहरु, झोला, जुत्ता लगायतका सामग्रीहरु बढी मुल्यमा खरिद गर्न लगाउने काम उनीहरुले गराउँदै आएको पुष्टि भएको छ। जति धेरै मानिसहरुलाई कम्पनीमा आवद्ध गराई सामग्रीहरु खरिद गराउन सकियो, सोही अनुपातमा कम्पनी मार्फत् कमिसन प्राप्त हुने भएकाले मानिसहरु उनीहरुति आकर्षित भएका थिए। प्रहरीका अनुसार नेटवर्किङ शैली ठगी भइरहेको थियो।आश्वासन देखाई प्रलोभनमा पारी सयौं व्यक्तिलाई तालिममा सहभागी गराएको देखिएको छ। कम्पनीमा आवद्ध गराउन लगाउने तथा विभिन्न तालिममा सहभागी गराई प्रतिव्यक्ति एक हजार रुपैयाँ लिने गरेको खुलेको छ। अहिलेसम्म उनीहरुले ३ सय जना मानिसबाट रकम उठाएको देखिएको छ।काठमाडौंको रानीबारीस्थित सुमन श्रेष्ठको ५ तले पक्की घरको तेस्रो तला भाडामा लिई क्रियटिभ मिसन कम्पनी संचालन गरेको पाइएको हो। उनीहरु विरुद्ध प्रहरीले मुलुकी अपराध संहिता, २०७४ परिच्छेद २१ को ठगी, आपराधिक विश्वासघात तथा आपराधिक लाभ (एक्सटर्सन) सम्बन्धी कसूरमा काठमाडौ जिल्ला अदालतबाट दिन सात (७) म्याद थप गरि अनुसन्धान गरिरहेको छ।
spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles