Monday, February 17, 2025

पर्साको वीरगञ्जमा अवस्थित जिल्ला कारागारका कैदी शौच गर्न र सुत्न चरम समस्यामा परेका छन् । २ सय कैदीको क्षमतामा हाल ५ सय जना कैदीलाई राखिएको छ । उनीहरु शौचका लागि बिहान ४ बजेदेखि लाइन लाग्नुपर्ने अवस्था रहेको बताएका छन् ।

ताजा / भरखरै प्राप्त

शुक्रबारको प्रतिनिधिसभा बैठकमा मन्त्रालयगत विनियोजन विधेयकमाथिको छलफलका क्रममा गृह मन्त्रालयको विनियोजित बजेट शीर्षकमाथि धारणा राख्दै पर्साबाट निर्वाचित सांसद प्रदीप यादवले कारागारको अवस्थामा तत्काल सुधार गर्न माग गरे ।

शौचका लागि पालो पाउन ढिलाई हुँदा कतिपय कैदीले पाइन्टमै दिशा चुहिइएको अवस्था रहेको सांसद यादवले सदनमा बताए । कैदीलाई सुत्न पनि पालो गर्नुपर्ने अवस्था रहेको उनले बताए । सुत्ने कोठामा पानी चुहिएर बस्न समेत नमिल्ने अवस्थामा रहेको र कारागारको सुरक्षा पोष्टको अवस्था समेत जर्जर रहेको बताए ।

साथै उनले नेपालको तिब्बततर्फ सीमानाका हिल्सामा नेपाली सुरक्षाकर्मी सुरक्षामा खटिएको नपाएको भन्दै भरपर्दो सुरक्षाको प्रबन्ध गर्न गृहमन्त्रालयको गम्भीर ध्यानाकर्षण गराए । राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमल्सिना नेतृत्वको गत हप्ता गएको चीन भ्रमणका नेपाली–चीन सीमानाका तिब्बतको हिल्सामा चिनियाँतर्फको भूमिमा चिनियाँ सुरक्षाकर्मी चौबिसै घण्टा तैनाथ रहेको र तर नेपालतर्फको सुरक्षाकर्मी नेपालको सीमा भूमिमा नरहेको पाइएको भन्दै सरकारको ध्यानाकर्षण गराए । उत्तरी सीमामा सुरक्षाकर्मीकाे तैनाथ कमजाेर रहेकाे पाइएकाे उनकाे भनाइ छ ।

‘हामी हिल्सा पुग्दा हाम्रातर्फ प्रहरी नै थिएनन्, त्यहाँ भेटिएका मानिसलाई सोध्दा कुनबेला आउनुहुन्छ, भन्नै सकिन्न भन्ने जवाफ दिए’ उनले भने, ‘केही बेरपछि मफलर बेरेर दौडिएर आउनुभयो, छक्क पर्यौं । के सरकारले उत्तरी सीमाका सुरक्षाकर्मीलाई न्यायो कपडा दिन सक्दैन ?

प्रशासन!
कारागार!

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles