Sunday, April 19, 2026

१३ वर्षपछिको प्रतीक्षा अन्त्यस् वीरगन्जको लाइफलाइन’मानिने मुख्य सडक विस्तार सुरु:-

ताजा / भरखरै प्राप्त

१३ वर्षपछिको प्रतीक्षा अन्त्यस् पर्साका वीरगन्जको ‘लाइफलाइन’ मानिने मुख्य सडक विस्तार सुरु भएको छ ।

पर्सा जिल्लाका वीरगञ्जको मेनरोड विस्तार सुरु भए पछि गृहमन्त्री सुधन गुरुङको भ्रमण पर्साको बिरगञ तयारी भएको स्रोतले जनाएको छ ।वीरगञ्जको मुख्य सडक (मेनरोड) विस्तार कार्य सुरु हुन लागेसँगै गृहमन्त्री सुधन गुरुङ वीरगञ्ज आउने तयारीमा रहेको स्रोतले जनाएको छ ।

सुरक्षा तथा प्रशासनिक समन्वयका लागि उहाँको भ्रमण हुने बुझिएको छ।सडक डिभिजन कार्यालय हेटौंडाका अनुसार त्रिभुवन राजपथअन्तर्गत पर्ने गण्डक चोकदेखि मितेरी पुलसम्मको २५/२५ मिटर सडक विस्तार कार्य आज साँझदेखि सुरु गरिनेछ।

कार्यालयका नायब सुब्बा राजकुमार अर्यालका अनुसार सडकको मध्यभागबाट दायाँ–बायाँ २५/२५ मिटर क्षेत्रभित्र पर्ने घर, टहरा तथा अन्य संरचनाहरू हटाइनेछ। सो कार्यका लागि हेटौंडाबाट डोजर, जेसीबी र एक्साभेटर गरी ९ वटा उपकरण वीरगञ्ज ल्याइसकिएको बताइएको छ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles