समाज सुधारका काम हुने बित्तिकै बालेनको उदाहरण आउन थालेको छ । जिम्मेवारी पाएको एक बर्षमा बालेनले जुन उत्साह जनतामा भरिदिएका छन्, यस्तो आशा जगाउने जनप्रतिनिधि संभवत यसअघि थिएनन् होला । यो घडीसम्म हर कोही नेपाली नागरिकले चाहेर वा नचाहेर पनि बालेनको कामतर्फ फर्कनै पर्छ । उनलाई मन नपराउनेले पनि भित्री मनले प्रशंसा गरेकै हुन्छ ।
यो राजनीति पनि बडो गजबको हुन्छ । बेस्सरी हल्ला गरेर पहिला मानिसहरूको ध्यान आफूतिर खिच्ने, अनि आफ्नो क्षमता देखाउने । यसलाई अंग्रेजीमा making a lot of noise, and show your abilities। भनिन्छ । मार्क्सले लोकप्रियतावादलाई यसैसँग परिभाषित गरेर सौन्दर्यशास्त्रमा बर्णन गरेका छन् । हुन त वर्तमानका सयौं चर्चित अनुहारहरूले पनि विगतमा चर्को आवाज निकालेका थिए । कांग्रेस नेता गगन थापाले चर्को भाषण मात्र गर्थेनन्, मानिसहरूले जिब्रो टोक्ने खालका हर्कतबाट मानिसहरूको ध्यान खिच्न सफल भएका थिए । आन्दोलनमा प्रहरीलाई ढुंगा ताक्नु, आफ्नै कलेजका प्राध्यापकमाथि आक्रमणका योजना साथीहरूलाई सुनाउनु जस्ता तथ्यहरू अहिले उधिनेर सामाजिक संजालमा आएपछि यो कुराको पुष्टि हुन्छ । कुनै बेलाका उग्र नेताका रुपमा चिनिएका वामदेव गौतम पनि अबान्छित गतिविधिमा निकै चर्चामा थिए । उनी चर्को मात्र बोल्थेनन्, प्याच्च गालीको बर्षा गराउँथे ।
यसको सुरुवात उनले नयाँ बानेश्वर क्षेत्रबाट गरेका छन् । विना स्वार्थका मानिसहरूबाट आएका सुझावहरू नै बालेनका लागि सही सल्लाहकारका सारथि बनेका छन् । नेपालका जनप्रतिनिधिमा यो नयाँ र आधुनिक शैली हो । बालेनले यो व्यवहारमा देखाएका छन् ।
राप्रपा नेपालका अध्यक्ष कमल थापा त गीतकारदेखि खेलाडीसम्ममा मात्र सीमित थिएनन्, विगतमा उनी गुण्डागर्दीमा उत्रेर टाढा टाढासम्मका मानिसहरूको ध्यान खिच्न माहिर मानिन्थे । यस्ता अनेक व्यक्तिका उदाहरण छन्, जसले आफूलाई केन्द्रीय धारमा उभ्याउन चर्को आवाज निकालेर समाजको ध्यान आफूतिर तान्न सफल भएका छन् । चर्चामा आउन खोज्ने हरेक व्यक्तिको पृष्ठभूमि चर्को आवाजबाटै सुरु भएको हो । अहिले, चर्चामा रहेका कयौं व्यक्तिका पृष्ठभूमि केलायौं भने यी सबै तथ्य सजिलै फेला पर्छन् ।
कुन व्यक्ति कुन कर्मका आधारमा चर्चामा आयो र लोकप्रियता बटुल्यो भन्नेले खास अर्थ राख्छ । राप्रपा संसदीय दलका प्रमुख सचेतक सांसद ज्ञानेन्द्र शाही अस्ति भर्खरसम्म माइतीघरमा चिच्याइरहेका हुन्थे । यस्ता कयौं नेताहरू छन्, जुन नेपालको राजनीतिमा लोकप्रियताको सुचीमा सृचीकृत छन् । यो लोकप्रियताको उपयोग कुन ढंगले गरे अनि त्यो जीवित बनेर कहिलेसम्म निरन्तरता पायो वा गलत ढंगबाट दुरुपयोग भएर क्षणभरमै समाप्त भएर सिद्धियो भन्ने दुई कोण समाजमा बहसको बिषय छ ।
तर, आफ्नो चुनाव अघिको लोकप्रियतालाई जर्वजस्त जनताको पक्षमा देखाएर तरंग फिंजाएका बालेन अहिले मुलुक भित्र र बाहिर समेत उति नै चर्चामा छन् । खाली चर्चाको लागि हल्लामा मात्र उनी देखिएका छैनन्, एउटा नागरिक तप्काले उनीप्रति पुर्णभरोसा पोखिरहेको छ । आखिर, कसरी बालेन लोकप्रियताको सिंढी चढ्न सफल भए त ? अब लागौं, उनै काठमाडौंका मेयर बालेन शाह लोकप्रिय हुनुका खास चार कारणका बारेमा ।
पहिलो, छरिएका सुझाव बटुल्नुः बालेन टीममा उनीभन्दा सिनियर सल्लाहकार छैनन् । उनी सही व्यक्तिका छरिएका सुझाव अध्ययन गर्छन् । यसले उनलाई जनमत के चाहन्छ भन्ने व्यवहारिक रुपमा बुझ्न मद्दत पुर्याएको छ । उदाहरणका लागि, भद्रगोल काठमाडौं बजारलाई सुन्दर शहर कसरी बनाउने उनले सुत्र तयार पारेका छन् । उनलाई थाहा छ, विश्वका सुन्दर राजधानीहरूका सडकमा ठेला गड्दैनन् । भारत, पाकिस्तान र बंगलादेश बाहेकका देशहरूका भव्य शहरहरुतिर उनी फर्किएका छन् ।
फलस्वरुप, उनले फुटपाथ, ठेला, पार्किङ, ट्राफिक आदिमा सुधार ल्याउने प्रयासमा छन् । कुनै पनि शहर सुन्दर हुन यी अनिवार्य काम हुन् । त्यति मात्र होइन, सडक वरपरका घरदेखि पर्खालसम्म रंगरोगनमा ध्यान दिनुपर्छ । यसको सुरुवात उनले नयाँ बानेश्वर क्षेत्रबाट गरेका छन् । विना स्वार्थका मानिसहरूबाट आएका सुझावहरू नै बालेनका लागि सही सल्लाहकारका सारथि बनेका छन् । नेपालका जनप्रतिनिधिमा यो नयाँ र आधुनिक शैली हो । बालेनले यो व्यवहारमा देखाएका छन् ।
यसले बालेन शाहलाई ब्रम्हास्त्र जस्तै उर्जा प्रदान गरेको छ । उनले कथित सुकुम्बासी बस्तीदेखि अतिक्रमित उच्च घरानाका घर फोर्दा बहुसंख्यक जनता बालेनको वाहीवाहीमा आवाज बुलन्द बनाइरहेका थिए । कथित सुकुम्बासी त दलहरूले भोट बैंक बनाउँदै आएको बालेनले राम्रोसँग बुझेका छन् ।
दोस्रो, विना बजेटका काममा लगावः स्थानीय जनप्रतिनिधिले ठूला आयोजनाहरु निर्माण त गर्न सक्दैनन् । तर, लगानीविनाको सही व्यवस्थापन गर्न मजाले सक्छन् । यसको गतिलो उदाहरण हो, साँघुरो काठमाडौंमा व्यवस्थित पार्किङ । उनले सडकको दायाँबायाँ पार्किङ गर्ने परिपाटी बन्द गरिदिए । यसै त काठमाडौंका सडक साँघुरा छन्, अनि सडकका छेवैमा लस्करै सवारी राख्दा जामले चौपट बन्ने गर्छ ।
हो, हाम्रो बस्तीको संरचना नै गलत ढंगले डिजाइन गरिएको छ । हुन त यो कुनै विशेष योजनाका साथ बसेको शहर होइन । भविष्यमा पार्किङ, पार्क, खुल्ला स्थान र शान्त वातावरण चाहिन्छ भन्ने ख्यालै नगरी बसेको बस्ती हो । जसको चुनौती र समस्या अहिले झेल्नुपरेको अवस्था छ । अतिक्रमण जग्गा, खेर गएको जमिन र अलपत्र सार्वजनिक जमिनको उपयोगका लागि बालेनले नयाँ तरिका अपनाएका छन् । तत्काल धेरैले असजिलो वा समस्या भोगेपनि शहरको स्थायी स्वरूपका लागि यसले भविष्यमा निकै सुविधा प्रदान गर्नेछ ।
तेस्रो, बिरोधीहरुको अवरोध पन्छाउनुः जब, मेयर बालेन टुकुचा खोलाहरूको संरक्षणमा लागे, तब मूलधारका मिडियादेखि शक्तिशाली दलहरू उनी माथि खनिए । त्यति मात्र होइन, देशको शक्ति आफ्नो हातमा लिएर वर्षौंदेखि रजगज गरिरहेका व्यापारिक घराना र बिचौलियाहरु उनलाई रोक्न अनेक उपाय लगाए । यी सबैका बिरोधलाई उनले वास्ता गरेनन् । उनलाई थाहा छ, अहिले बिरोध गर्नेहरू भोलि प्रशंसा गर्नेछन् । उनले मध्यम वर्गका नागरिकलाई ध्यानमा राखेका छन् । नेपालमा यो जनसंख्या करिब ८० प्रतिशत वरपर होला ।
उनलाई थाहा छ, काठमाडौंलाई सुन्दर बनायो भने देशभरका पालिकामा यो तरंग फैलनेछ । यसको जस स्वंय बालेनले पाउनेछन् । भएको पनि त्यस्तै छ । अहिले कुनै पालिकाले नयाँ कामको सुरुवात गर्ने बित्तिकै बालेनको जस्तै काम गर्न थालेछ भन्ने जनताले प्रतिक्रिया दिन्छन् । यसले बालेन शाहलाई ब्रम्हास्त्र जस्तै उर्जा प्रदान गरेको छ । उनले कथित सुकुम्बासी बस्तीदेखि अतिक्रमित उच्च घरानाका घर फोर्दा बहुसंख्यक जनता बालेनको वाहीवाहीमा आवाज बुलन्द बनाइरहेका थिए । कथित सुकुम्बासी त दलहरूले भोट बैंक बनाउँदै आएको बालेनले राम्रोसँग बुझेका छन् ।
ठूला घरानाका व्यक्ति र दलहरूको संरक्षणमा हुर्किएका हुन् भन्ने उनलाई थाहा छ । यी दुवै समुदाय विपरीत जाँदा करिब ८० प्रतिशत जनताको गजबको साथ पाइन्छ र भविष्यमा मुलुक परिवर्तनको बागडोर समात्न सकिन्छ भन्ने बालेनले बुझेका छन् । हुन पनि तथ्यगत रुपमा भएको पनि त्यही छ । उनले दल, मिडिया र पुराना अनेक शक्तिको आवाजलाई सुन्दैनन् । यदि सुन्यो भने काम गर्न सकिंदैन भन्ने उनले बुझेरै अर्जुनदृष्टिका साथ उनी निरन्तर अघि बढिरहेका छन् । बालेनको एकोहोरो लगाव नै उनी लोकप्रियताको कारण बनेको छ ।
चौथो, राष्ट्रियता सवालमा जुरुक्क उठ्नुः नेपालको राजनीतिले सत्ता बाहिर हुँदा भारतको बिरोध गर्न सिकायो र सत्ता प्राप्त गरेपछि गुलाम । तर, बालेन शाह भने यसको ठीक विपरीत पथमा देखिए । उनी शक्तिमा रहेरै पनि डटेर भारतको मिचाहा प्रवृत्तिको बिरोधमा उत्रिए । जब भारतले अखण्ड भारतको नक्सा सार्वजनिक गर्यो, तब बालेनले विशाल नेपालको तस्विर आफ्नो कार्यकक्षमा राखिदिए । यो कार्य यस्तो सिम्बोलिक पहिचान थियो, जुन प्राचीन नेपालको भुगोल विशाल थियो, भारत सानो थियो भन्ने ऐतिहासिक ज्ञानलाई दक्षिण एसियामा फैलाइदियो । उनले आफ्नो संस्कृतिमाथि भएको हस्तक्षेपलाई तुरुन्त बिरोध जनाए । हिन्दी फिल्म ‘आदिपुरुष’मा जुन ढंगले प्रस्तुत गरिएको भएपनि राजा जनक र छोरी सीता नेपाल भुमिका जननी हुन् भन्ने जागरण पैदा गरिदियो ।
यसले उनको लोकप्रियतालाई बढाउने मात्र छैन, भविष्यमा मुलुकलाई विकासको मार्गमा डोर्याउन गजबको सुदर्शन चक्र बन्ने देखिएको छ । आखिर, जनप्रतिनिधिले अनिवार्य गर्नुपर्ने कामबाटै बालेन शाहले लोकप्रियताको शक्ति आर्जन गरेका हुन् भन्ने बुझ्न सकिएन भने अन्तिम भुल बाहेक केही हुने छैन ।
नेपालमा बर्षौंदेखि जरा गाडेर बसेको विकृति हो, भारतीय संस्कृतिको आयात । यसलाई रोक्न उनको सक्रियताले आमनेपालीको ध्यान खिचेको छ । भारतले के गर्छ र छिमेकी मुलुक भएको नाताले हामीलाई के असर पर्छ भन्ने कमजोर भावनाबाट माथि उठेर एउटा सार्वभौम मुलुकको नागरिकले कर्तव्य कसरी निर्वाह गर्ने बारेमा धेरैलाई बाटो देखाइदिएका छन् । नेपालीको प्रतिनिधित्व आवाज उठाएकोले उनलाई लोकप्रिय बनाउने मुख्य कडी बनेको छ ।
अन्तमा..
नेपालको राजनीतिले अर्को कुरा सिकाएको छ, काम कम, कुरा धेरै । तर, बालेनले कुरा निकै छोटो, काम धेरै लामो लामो गर्ने जनप्रतिनिधिको परिचय बनाए । कस्तो थिती बसाउने निर्वाचित जनप्रतिनिधिमा निर्भर हुन्छ । बालेनले काम, कर्तव्य, लगनशीलता, लगाव र खटनको परिभाषा व्यवहारिक रुपमा गरिदिए । उनले पछिल्लो पटक अदालत कानुनका बारेमा दिएको अभिव्यक्तिले नेपालको कुशासनको जड के हो भन्ने उदाङ्ग पारिदिएको छ ।
यसमा बालेनले बोलेको ठीक वा बेठीक, अदालत सही वा गलत भन्ने सवालै रहेन । नेपालमा भ्रष्टाचार बढ्नु, विकास हुन नसक्नु, भारतले निरन्तर पेल्नु, कुशासनले जरा गाड्नु, गलत नेता उत्पादन हुनु, अनावश्यक दलहरू जन्मिनु लगायतका विकृतिलाई छर्लंग पारिदिएको छ । उनको यो सोझो तर यथार्थ शैलीले मध्यम वर्गको नागरिकको बलियो साथ मिल्ने आवाज उठिरहेको छ । जुन वर्ग ८० प्रतिशत भन्दा बढी छ, उनै जनताको साथ मिलेसम्म बालेनको शक्तिले झन झन उचाई प्राप्त गरिरहन्छ । यसले उनको लोकप्रियतालाई बढाउने मात्र छैन, भविष्यमा मुलुकलाई विकासको मार्गमा डोर्याउन गजबको सुदर्शन चक्र बन्ने देखिएको छ । आखिर, जनप्रतिनिधिले अनिवार्य गर्नुपर्ने कामबाटै बालेन शाहले लोकप्रियताको शक्ति आर्जन गरेका हुन् भन्ने बुझ्न सकिएन भने अन्तिम भुल बाहेक केही हुने छैन । यो बिषय अहिलेका दलहरू र नेताका लागि सही शिक्षा हो ।
राजनीति
बालेन शाह
विनाेद त्रिपाठी
विनोद त्रिपाठी
विनोद त्रिपाठी
लामो समय व्यवसायिक पत्रकारितामा डटेर लागेका पत्रकार त्रिपाठी विभिन्न मुलधारका राष्ट्रिय दैनिक, टेलिभिजन र अनलाइनहरुमा सम्पादकको भुमिका निर्वाह गरिसकेका छन् । हाल त्रिपाठी नेपालबहसका नियमित स्तम्भकार हुन् ।