Wednesday, April 9, 2025

मनसुनी प्रणाली भित्रिएको नौ दिनपछि देशभर फैलिएको छ । जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले शुक्रबार विशेष बुलेटिन जारी गर्दै यसअघि पूर्वी र मध्य नेपालमा केन्द्रित रहेको मनसुन पश्चिम नेपालसम्म फैलिएको जनाएको हो ।

ताजा / भरखरै प्राप्त

पश्चिमी क्षेत्रमा पश्चिमी वायु र स्थानीय वायु निष्क्रिय बनेसँगै मनसुन फैलिएको हो । मौसम विद् सजिना शाक्यका अनुसार आजदेखि तीन दिन देशका धेरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।

यसमा पनि मधेस, बागमती, गण्डकी र लुम्बिनीका थोरै स्थानमा ठूलो वर्षाको सम्भावना छ भने ती प्रदेशका एक–दुई स्थानमा धेरै ठूले वर्षाको सम्भावना पनि छ । थोरै स्थान भन्नाले त्यहाँको कुल भूभागको १० देखि २५ प्रतिशत क्षेत्रमा वर्षा हुनुलाई बुझाउँछ ।

मौसम विभागले २४ घन्टमा १० मिलिमिटरभन्दा कम वर्षालाई हल्का, ११ देखि ५० मिलिमिटरभन्दा कम वर्षालाई मध्यम र ५० देखि सय एक सय मिलिमिटरसम्मको वर्षालाई भारी वर्षा भन्छ । एक सयदेखि दुई सय मिलिमिटरसम्मको वर्षालाई धेरै भारी (धेरै ठूलो) वर्षा भन्ने गरिन्छ । तर, यो भूगोल र स्टेसन अनुसार फरक–फरक हुन्छ ।

मनसुन सक्रिय भएसँगै बाढीपहिरोको जोखिम हुने भएकाले सजगता अपनाउन महाशाखाले अनुरोध गरेको छ । नेपालमा ३१ जेठमा मनसुन भित्रिएसँगै असार १ र २ गते पूर्वी पहाडी क्षेत्रमा ठूलो वर्षा हुँदा बाढीपहिरोले जनधनको क्षति भएको छ ।

मौसम पूर्वानुमान !

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles