Monday, February 17, 2025

काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन)विरुद्ध सर्वोच्चमा दायर रिट निवेदनको सुनुवाइ न्यायाधीश प्रकाशकुमार ढुंगानाको इजलासमा हुने भएको छ ।

ताजा / भरखरै प्राप्त

यही असार ८ गते दायर रिट सुनुवाइका लागि न्यायाधीश ढुंगानाको एकल इजलासमा पेसी तोकिएको छ । पेसी सातौं नम्बरमा परेको छ । यसअघि आइतबार न्यायाधीश ढुंगानाकै इजलासमा सुनुवाइका लागि पेसी तोकिएपनि हेर्न नभ्याइनेमा परेको थियो ।

अधिवक्ता वर्षाकुमारी झाले अदालतको अवहेलना हुनेगरी बालेनले अभिव्यक्ति दिएको दाबी गर्दै कारवाहीका लागि उनीविरुद्ध अवहेलनाको मुद्दा चलाउनुपर्ने माग रिटमा गरेकी छन् ।

बालेनले सामाजिक संजालमा ‘राष्ट्रियता र स्वाधीनताको सवाल अगाडि आउँदा म अदालत र सरकार मान्दिनँ’ भनेर लेखेको सन्देशलाई हिन्दी फिल्मको विषयमा पाटन उच्च अदालतले दिएको आदेशसँग जोडेर अदालतको अपहेलना कसुर गरेको जिकिर रिट निवेदक झाले गरेकी छन् ।

स्थानीय तह
अदालत

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles