जलहरी बनाउँदा सुन कम तौल राखेर भ्रष्टाचार गरेको भनी परेको उजुरीपछि अनुसन्धानका लागि आज अख्तियार दुरूपयोग अनुसन्धान आयोगको टोलीले जलहरी झिकेर जोख्दा उक्त तौल रहेको पाइएको दाबी गरिएको हो ।
१०८ केजी सुनबाट बन्नुपर्नेमा १० केजी कम राखिएको भन्दै अनुसन्धानका लागि अख्तियारमा दुई वर्षपहिले उजुरी परेको थियो । जलहरी राख्दा भ्रष्टाचार भएको भन्दै छानबिनका लागि संसदमा समेत सांसदहरुले तत्कालीन एमाले सरकारले जलहरीमा पित्तल मिसाएर करोडौं भ्रष्टाचार गरेको भन्दै चर्को आवाज उठाउँदै आइरहेका छन् ।
अख्तियारले नेपाली सेना, प्रहरी, जनप्रतिनिधि, नेपाल सुनचाँदी व्यवसायी महासंघका प्रतिनिधि, पशुपति क्षेत्र विकास कोषका कर्मचारी लगायत राखेर जलहरीको तौल लिएको हो । अख्तियारले जलहरीको गुणस्तर पनि जाँच गराएको छ । तौल र गुणस्तरको औपचारिक विवरण सार्वजनिक गर्न कम्तीमा ३ दिन लाग्ने जनाउँदै आएको छ ।
आवाज व्यापक बन्दै गएपछि कोषका सदस्य सचिव मिलन थापाले तौलमा कमी पाइए संसदीय समितिको बैठकमा सांसदहरुले सोधेका प्रश्नका जवाफ दिने क्रममा आफू जस्तोसुकै सजाय भोग्न तयार रहेको चुनौति समेत दिएका थिए ।
जलहरीमा तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारीको तस्बीर, प्रधानमन्त्री केपी शर्मा ओली लगायतको नाम कुँदिएको पाइएको छ ।
कात्कालीन प्रधानमन्त्री ओलीले नयाँ जलहरी राख्न निर्देशन दिएपछि बनाउने र राख्ने काम कोषले गरेको थियो । त्यसमा सरकारबाट ३० करोड र कोषबाट ५० करोड गरी ८० करोड लागतमा जलहरी राखिएको दाबी गर्दै आएको छ ।