शाखाको नवौं जिल्ला अधिबेशनको निर्वाचनका लागी अध्यक्षमा दिलिप प्रकाश कार्की र महेश्वर गौतमले उम्मेदवारी दिएका थिए । कुल ४५२ खसेको मतमा अध्यक्ष गौतमले ३१० मत ल्याएर विजयी भएका थिए भने उनका प्रत्यासी कार्कीले १२९ मात्रै मत ल्याएकाे निर्वाचन समितिले जानकारी दिएकाे छ ।
त्यस्तै सोमबार सम्पन्न शाखाको नवौं जिल्ला अधिबेशनमा सचिवका उम्मेद्वार सन्तोष अधिकारीले २८५ मत ल्याएर निर्वाचित भएका छन्, भने उनका प्रत्यासी केशवप्रसाद पाण्डेले १५९ मात्रै मत ल्याएका छन् । निर्वाचनमा ११ मत बदर भएको छ । युनियनले उपाध्यक्ष, सहसचिव, कोषाध्यक्ष र सदस्यहरु सर्वसम्मत टुंगो लगाएको थियो ।