Saturday, April 19, 2025

मुकेश कुमार यादव

ताजा / भरखरै प्राप्त

१२ असार, सिरहा । सरकारले जारी गरेको २०८०/०८१ बजेट वक्तव्यमा अतिरिक्त हुलाक कार्यालय खारेजीको घोषणा भएपछि सिरहाका हुलाक कर्मचारीहरू आन्दोलित भएका छन्।

हुलाकलाई व्यवस्थापन गरी आफ्नो पेसाको सुरक्षा ग्यारेन्टी गर्न माग गर्दै आइरहेका अतिरिक्त हुलाकका कर्मचारीहरूले माग सुनुवाइ नभएको भन्दै जिल्लास्थित हुलाक कार्यालयमा तालाबन्दी गरेका हुन्।

हुलाक कर्मचारीहरूले ‘अतिरिक्त हुलाक खारेजको निर्णय फिर्ता गर, लामो समयदेखि कार्यरत कर्मचारी खारेज गर्न पाइँदैन, हुलाकको संरचना खारेज हैन यसको सेवाको पुनर्स्थापना गरु लगायतका प्लेकार्डसहित नाराबाजी गर्दै सिरहा बजार परिक्रमा गरेका थिए। परिक्रमापछि आन्दोलनरत कर्मचारीहरूले जिल्ला हुलाक कार्यालयमा तालाबन्दी गरेका हुन् ।

सरकारले अतिरिक्त हुलाक कार्यालयमा कार्यरत कर्मचारीहरूलाई पुरै जीवन सेवामा व्यतीत गरेपनि कुनै सुविधा निश्चित नगरी खारेज गर्न खोजिएको अतिरिक्त हुलाक कर्मचारी एसोसिएसनका जिल्ला अध्यक्ष रमेश श्रेष्ठले बताए। ‘२०३४ सालमा स्थापना भएको अतिरिक्त हुलाक कार्यालय स्थापनाको ४६ वर्षसम्म सेवा गरेका कर्मचारीलाई विना सेवासुविधा निकाल्नु अति नै दुःखद कुरा हो,’ श्रेष्ठले भने ।
मधेश प्रदेश

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles