आगामी आवमा कार्यान्वयन हुने गरी एकल पुरुषलाई समाजिक सुरक्षा भत्ता दिने नीति तथा कार्यक्रम ल्याइएको गाउँपालिका अध्यक्ष शाहीको भनाइ छ । सो कार्यक्रमले हिमाका एकल पुरुषलाई राहत मिल्ने स्थानीयवासी बताउँछन् ।
कृषि क्षेत्रमा थप आकर्षण बढाउन गाउँपालिकाभित्रका विभिन्न वडालाई कृषि पकेट क्षेत्र घोषणा गरिने नीति तथा कार्यक्रम ल्याइएको उपाध्यक्ष सुपर्ना शाहीले बताए । वडा नं १ लाई धान पकेट क्षेत्र, आाचार्यलिहीलाई तरकारी पकेट क्षेत्र, वडा नं २ को ओदीलाई आलु र लसुन पकेट क्षेत्र, वडा नं ३ लाई स्याउ, ओखर र फलफूल पकेट क्षेत्र, वडा नं ४ र ७ लाई गहुँ पकेट क्षेत्र, वडा नं ६ को पाथरखोलालाई मौरी पकेट क्षेत्र तथा वडा नं ५ को बुअ र वाजागाडालाई भेडा, सिमी तथा स्याउ पकेट क्षेत्र विकास गरी गरिवीको रेखामुनि रहेका बेरोजगार युवालाई उत्पादनशील कार्यक्रममा आबद्ध गर्न आवश्यक बजेटसहितको व्यवस्था गरिने गाउँपालिका अध्यक्ष शाहीको भनाइ छ ।
गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत रणबहादुर बुढाले निःशुल्क स्वास्थ्य बीमा, गाउँपालिकाबाट लोक सेवा आयोगमार्फत अधिकृत वा सो भन्दा माथिका पदधारी गर्ने विशिष्ट व्यक्तिलाई सम्मान कार्यक्रम, पालिकाभित्र सार्वजनिक बस सेवा, विद्यार्थीसँग अध्यक्ष कार्यक्रममार्फत विभिन्न शैक्षिक सुधारका रणनीति गाउँपालिकाको १४औँ गाउँ सभाबाट नीति तथा कार्यक्रममा समावेश गरिएको जानकारी दिए ।
डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थप
सम्बन्धित पोस्ट
सोरुमा सिटामोलसहित औषधिको चरम अभाव
सोरुमा सिटामोलसहित औषधिको चरम अभाव
असार १३, २०८० बुधबार
मुगुका स्थानीय तहले ल्याए दुई अर्बको बजेट
मुगुका स्थानीय तहले ल्याए दुई अर्बको बजेट
असार १३, २०८० बुधबार
जुम्लाका स्थानीय तहले ल्यायो ३७ करोड ३९ लाखको बजेट
जुम्लाका स्थानीय तहले ल्यायो ३७ करोड ३९ लाखको बजेट
असार १२, २०८० मंगलबार
भ्रष्टाचारसम्बन्धी मुद्दामा विशेष अदालतको फैसला त्रुटिपूर्ण, सजाय तोक्ने क्रममै देखियो न्यायिक विचलन
भ्रष्टाचारसम्बन्धी मुद्दामा विशेष अदालतको फैसला त्रुटिपूर्ण, सजाय तोक्ने क्रममै देखियो न्यायिक विचलन
असार १२, २०८० मंगलबार
निर्वाचन आयोगका पूर्व आयुक्त सुधीरकुमार शाह पक्राउ
निर्वाचन आयोगका पूर्व आयुक्त सुधीरकुमार शाह पक्राउ-: