Monday, February 17, 2025

कृषि तथा पशुपन्छी विकास मन्त्री वेदुराम भुसाल शुक्रबार धान रोपाइँमा सहभागी भएका छन् । नेपाल कृषि अनुसन्धान परिषद् नार्कस्थित राष्ट्रिय बाली विकास केन्द्रको परिसर खुमलटारमा आयोजित रोपाइँ महोत्सवमा मन्त्री भुसाल सहभागी भएका हुन् ।

ताजा / भरखरै प्राप्त

कृषि विभागले आयोजना गरेको महोत्सवमा मन्त्री भुसालले खुमल १० नामक धान रोपाइँ गरेका छन् । उनले सुरुमा हातले र पछि राइस ट्रान्सप्लानरले रोपाइँ गरेका छन् । एक बिघा जमिनमा २० मिनेटमा रोपाइँ गर्न सकिने मेसिनमा चढेर मन्त्री भुसालले रोपाइँ गरे ।

यस प्रकारका मेशिन प्रयोग भएको काठमाडौं उपत्यकामा संभवतः पहिलोपटक हो । यसअघिदेखि तराईका जिल्लाहरु झापा, चितवन नवलपरासी, बर्दिया लगायतमा किसानले प्रयोग गर्दै आएका छन् ।

राष्ट्रिय बाली विकास केन्द्रका प्रमुख वरिष्ठ बाली विज्ञ टीका कार्कीका अनुसार रोपाइँमा मेसिनले मध्य पहाडका सम्म खेतका गरामा रोपाइँ गर्न सकिनेछ । रोपाइँमा स्थानीय, कर्मचारी तथा राजनीतिक दलका नेता कार्यकर्ताहरु सहभागी भएका छन् ।

यसअघिदेखि तराईका जिल्लाहरु झापा, चितवन नवलपरासी, बर्दिया लगायतमा किसानले प्रयोग गर्दै आएका छन् ।

सरकारले हरेक वर्ष असार १५ मा राष्ट्रिय धान दिवस मनाउँदै आएको छ । यद्यपि सरकारले मुलुकलाई कृषि प्रधान देश भनेर घोषणा गरेको दशकौं भएपनि वार्षिक ४४ अर्ब रुपैयाँभन्दा बढी मूल्यको चामल आयात हुँदै आएको छ ।

Previous article
वर्षायाममा बढ्छन् रोग, कसरी जोगिने ?त्रिगुणा भट्टराईमौसम परिर्वतसंगै स्वास्थ्यमा विभिन्न समस्या आउने गर्छन् । विशेष गरी गर्मी मौसममा झाडापखाला, टाइफाइड, निमोनिया लगायतका स्वास्थ्य समस्या बढि देखिने गर्दछन् । वर्षायामको समयमा पानीजन्य रोगको संक्रमण बढि फैलने गर्छ । पानीजन्य रोगको जोखिम उच्च भएका समय स्वास्थ्यलाई कसरी जोगाउने ?वातावरणीय तापक्रमको घटबडसँगै स्वास्थ्यमा देखिने समस्याहरु पनि फरक फरक हुने गर्दछ । जाडोमौसमको तुलानमा गर्मी मौसममा पानीजन्य संक्रामक रोगको जोखिम हुने गर्दछ । यो समयमा झाडाबान्ता, हैजा, औलो, टाइफाइड, आउँ, हेपाटाइटिस, डेंगु लगायतका सरुवा रोगहरुको महामारी फैलिने जोखिम पनि उतिकै हुने चिकित्सकहरु बताउँछन् । साथै यो समयमा अविरल वर्षाले निम्त्याउने बाढी, पहिरो र डुबानजस्ता प्रकोपको जोखिम एकातिर छदै छ । अर्को तर्फ यस्ता स्थानमा बाढी, पहिरो तथा डुबान परेको अवस्थामा अस्थायी शिविरमा सामूहिकरुपमा बस्दा शुद्ध खानेपानी र शौचालयको व्यवस्था नभएको खण्डमा पानीजन्य रोगको जोखिम उच्च हुने चिकित्सकको भनाई छ ।वर्षायाममा जीवनशैली व्यवस्थित गर्न सकिएन भने युरिक एसिड कोलेस्टोर बढ्ने तथा मधुमेह लगायतका स्वास्थ्य समस्याबाट जोगिन सकिन्छ । जसका लागि समय समयमा थोरै थोरै खाना खाने, पानी तथा झोलिलो पर्दाथ सेवन गरिरहने तथा बासी सडेगलेका खानेकुराको सेवनबाट जोखिन आवश्यक छ । साथै वर्षायाममा स्वास्थ्य समस्या बढि देखिने भएका कारण यो समयमा खानपिनमा विशेष ध्यान आवश्यक भएको चिकित्सक बताउँछन् ।वर्षायाममा झरी परेको समय केही शीतल महसुस भए पनि अन्य बेलामा चर्को घाम लाग्ने गर्दछ । त्यसैले गर्मीबाट बच्न सुतीको कपडा लगाउने, दिनहुँ नुहाउने, प्रशस्त पानी र झोल पदार्थ पिउने, व्यक्तिगत सरसफाइमा ध्यानमा दिन आवश्यक छ । साथै वर्षायाममो प्राकृतिक विपत्तीे बाढी पहिरोको जोखिम समेत उतिकै हुनेगर्दछ । जसका लागि सरकारले प्राकृतिक विपत्ती आएको स्थानमा संक्रामक रोग फैलन सक्ने जोखिमलाई मध्यनजर गदै सरकारले आधारभूत स्वास्थ्य सुविधा व्यवस्थापन गर्ने, पिडितलाई सुरक्षित स्थानमा लैजाने तथा औषधी उपचारको व्यवस्थापन गर्न आवश्यक देखिन्छ ।
Next article
spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles