उनीहरुले सरकारको लिएको निर्णय खारेज हुनुपर्ने माग राख्दै ट्याक्सी, टेम्पो, ट्रक र ट्यांकर चालकहरु आज काठमाडौंका सडकमा सवारीसहित प्रदर्शन उत्रिएका छन् ।
कलंकी–बालाजु खण्डको सडकको एक लेन कब्जा गरेर प्रदर्शन गरेका छन् । प्रदर्शनका कारण सवारी आवागमन प्रभावित भएको छ । प्रदर्शनको नेतृत्व राष्ट्रवादी ट्याक्सी तथा चालक व्यवसायी संघ, उपत्यका खानेपानी स्रोत तथा ट्यांकर व्यवसायी केन्द्र लगायत संगठनले गरेका छन् ।
उनीहरुले २० वर्ष पुराना गाडी चलाउन पाउनुपर्ने, पार्किङ स्ट्याण्ड हुनुपर्ने, ट्राफिकले अनवाश्यक दुःख दिने र चिट काट्ने क्रम बन्द हुनुपर्ने, निजी सवारी साधनलाई भाडामा चल्न रोक लगाउनुपर्ने सेवा दिन नपाउनुपर्ने लगायत माग राखेका छन् ।
सरकारले आगामी वर्षका लाग ल्याएको बुधबार पारित बजेटमा आउने साउन १ गतेदेखि २० वर्ष पुराना सवारी साधन हटाउने नीति लिने व्यवस्था गरिएको छ । यद्यपि यस्ता व्यवस्था यसअघि धेरै पटक ल्याएपनि कार्यान्वयन भने हुन सकेको छैन ।
पुराना गाडीका कारण देशभित्र सवारी दुर्घटना बढेको र प्रदुषण उच्च बनेको भन्दै सरकारले २० वर्षभन्दा पहिले बनेका गाडी विस्थापन गरेर विद्युतीय सवारी चालउन प्रोत्सहन गर्ने नीति लिएको सरकारको दाबी छ । अहिले सडकमा ४२ वर्ष पुराना गाडी समेत भाडामा यात्रु बाेक्न प्रयाेग भइरहेकाे सरकारकाे दाबी छ ।
यातायात
