मधेश प्रदेशमा शेखर खनाल र अख्तियारमा ओम अधिकारीलाई पठाउने तयारी भएको स्रोतले जनाएको छ ।
स्रोतका अनुसार आर्थिक लेनदेन र तस्करसँगको संलग्नता सम्बन्धी आरोपमा विवादमा तानिएका मधेश प्रदेश प्रहरी कार्यालयका प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक (डिआइजी) गोविन्द थपलियालाई फिर्ता बोलाउने र उनको स्थानमा डिआइजी शेखर खनाललाई पठाउने तयारी अन्तिम चरणमा पुगेको जनाइएको छ।
तस्कर र व्यापारीहरुसँग गैरकानुनी तवरले घुमुवा मार्फत आर्थिक लाभ लिने गरेको आरोपमा मुछिएका मधेश प्रदेश प्रहरी कार्यालयका डिआईजी गोविन्द थपलियाको विषयमा नेपाल प्रहरीको मुख्यालयले छानबिन समिति गठन गरेको छ ।डिआईजीको नाममा उठाइन्छ तस्करी-सलामी दस्तुर, घुमुवा प्रहरी विवादले खुल्यो पोल लगायतका समाचार प्रसारण तथा प्रकाशन गरेपछि नेपाल प्रहरीको केन्द्रीय मुख्यालयले एआईजी उमाप्रसाद चर्तुवेदीको संयोजकत्वमा ५ सदस्यीय समिति गठन गरेको हो । सो समितिमा एसएसपी महेन्द्र खड्का र डिएसपी सन्तोष निरौलासहित सदस्यहरू छन् ।छानबिन समितिले प्रारम्भिक रूपमा घटनाको तथ्य संकलन गर्दै “नेतृत्व परिवर्तन नै गर्नुपर्ने सुझाएपछि यी दुई डिआईजीको फेरबदल गरिएको हो ।स्रोतका अनुसार आर्थिक लेनदेन र तस्करसँगको संलग्नतासम्बन्धी आरोपमा विवादमा तानिएका मधेश प्रदेश प्रहरी कार्यालयका प्रमुख डिआईजी गोविन्द थपलियालाई फिर्ता बोलाउने र उनको स्थानमा डिआईजी शेखर खनाललाई पठाउने तयारी अन्तिम चरणमा पुगेको बताएको छ ।प्रहरी मुख्यालय र गृह मन्त्रालयबीच केही दिनयता निरन्तर छलफलपछि मधेश प्रदेशको कमाण्डमा शेखर खनाल र अख्तियार दुरुपयोग अनुसन्धानमा डिआईजी ओम अधिकारीलाई पठाउने तयारी भएको जनाइएको छ । स्रोतका अनुसार, “फिल्डमा बसेर विवादमा तानिएको नेतृत्वलाई निरन्तरता दिन नसकिने” निष्कर्षसहित थपलियालाई हटाउने निर्णय लगभग टुंगिएको छ । औपचारिक निर्णय भने एक–दुई दिनभित्र सार्वजनिक गर्ने तयारी छ ।डिआईजी थपलियाले घुमुवा सईद्वय गोपाल थापा मगर र जयलाल यादव मार्फत तस्कर र स्थानीय व्यवसायीसँग नियमित आर्थिक असुली गर्दै आएको आरोप सार्वजनिक भएपछि प्रहरी संगठनभित्र र बाहिर दुवैतर्फबाटहलचल मचेको थियो । मधेशका जिल्लाहरूमा कार्यरत प्रहरी संयन्त्रमा ‘घुमुवा सञ्जाल’ मार्फत रकम डिआईजी थपलियाले उठाउने प्रचलन संस्थागत भएको आरोपसमेत उठेपछि मुख्यालय दबाबमा परेको थियो ।मधेश प्रदेश जस्तो संवेदनशील कमान्डमा कसलाई पठाउने भन्ने विषयमा आन्तरिक र बाह्य ‘लबिइङ’समेत तीव्र बनेको थियो । विशेष गरी छानबिन समिति संयोजक एआईजी चतुर्वेदीले आफ्ना निकट मानिएका डिआईजी ओम अधिकारीलाई मधेश पठाउन विभिन्न शक्ति केन्द्रसँग समन्वय बढाएको स्रोत दाबी छ ।उनले ओम अधिकारीलाई मधेशमा पठाउन राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेता तथा धनुषा निर्वाचन क्षेत्र ३ का का सांसद मनिष झासँग पनि भेट गरेको स्रोतको भनाई छ । उक्त भेटमा डिआईजी ओम अधिकारीसमेत सहभागी रहेको र मधेश सरुवाबारे छलफल भएको स्रोतको दाबी छ । तर, स्रोतका अनुसार उक्त ‘लबिइङ’ अपेक्षित रूपमा सफल हुन सकेन ।लामो समयदेखि हाइकमाण्डको नोटिसमा परेका थपलियाको विवादले गृहमन्त्रालय सकारात्मक थिएन । तर हेडक्वाटर स्वंयम ब्याजी भएको कारणले उनलाई बचाउन भूमिका खेलिएको चर्चा भित्रभित्रै थियो ।बालुवाटार र गृह मन्त्रालय भने सुरुदेखि नै “सन्तुलित र कम विवादित” छवि भएका अधिकृतलाई मधेश पठाउने पक्षमा देखिएका थिए । सोही आधारमा डिआईजी शेखर खनाल अगाडि आएका हुन् ।उच्च स्रोतका अनुसार प्रधानमन्त्री स्वयंले खनाललाई मधेश प्रदेशको कमान्ड सुम्पिने गरी प्रक्रिया अघि बढाउन निर्देशन दिएका छन् ।
“संगठनभित्र स्पष्ट सन्देश दिनुपर्ने अवस्था भएकाले पनि खनाललाई प्राथमिकता दिइएको हो,” स्रोतले भन्यो ।खनाल हाल अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा कार्यरत छन् र तुलनात्मक रूपमा कम विवादित अधिकृतका रूपमा चिनिन्छन् ।मधेशको दौडमा रहेका डिआइजी ओम अधिकारीलाई भने अख्तियार दुरुपयोग अनुसन्धान आयोगमै व्यवस्थापन गर्ने तयारी गरिएको छ । यसलाई संगठनभित्र ‘सन्तुलन मिलाउने प्रयास’का रूपमा हेरिएको छ ।प्रहरी मुख्यालय स्रोतका अनुसार फाइल प्रक्रिया अन्तिम चरणमा पुगेको छ । “आज–भोलिभित्रै निर्णय सार्वजनिक गर्ने गरी तयारी भइरहेको छ,” एक उच्च अधिकारीले बताएका छन् ।


