Monday, June 30, 2025

हाल देशमा मनसुनी वायुको प्रभाव रहेको छ । देशका विभिन्न स्थानमा बिहानैबाट वर्षा भइरहेको छ । केही स्थानमा भारी र कतै अति भारी वर्षा भइरहेको छ । काठमाडौंमा गएराति देखि नै वर्षा भइरहेको छ । तराईका केही भू–भागमा हावाहुरीको समेत सम्भावना रहेको छ ।

ताजा / भरखरै प्राप्त

आज बिहान गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशमा सामान्यदेखि पूर्ण बदली रहेको छ । बाँकी प्रदेशमा आंशिकदेखि सामान्य बदली रहेको छ । कोसी, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा र बाँकी प्रदेशका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।

जल तथा मौसम विज्ञान विभागका अनुसार आज दिउँसो देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ । देशका केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । कोसी र गण्डकी प्रदेशका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित भारी वर्षाको सम्भावना रहेको छ ।

जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशमा सामान्य देखि पूर्ण बदली रही बाँकी प्रदेशमा आंशिक देखि सामान्य बदली रहेको छ। कोशी, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानहरूमा र बाँकी प्रदेशका थोरै स्थानहरुमा मेघ–गर्जन÷चट्याङ्ग हल्का देखि मध्यम वर्षा भइरहेको छ ।

दिउँसो देशभर सामान्य देखि पूर्ण बदली रहनेछ। देशका केही स्थानहरूमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। साथै कोशी र गण्डकी प्रदेशको एक–दुई स्थानमा मेघ–गर्जन÷चट्याङ्ग सहित भारी वर्षाको समेत सम्भावना रहेको छ ।

राती भने देशभर सामान्य देखि पूर्ण बदली रहनेछ। देशका केही स्थानहरूमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। कोशी, मधेश, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशको एक–दुई स्थानमा मेघ–गर्जन÷चट्याङ्ग सहित भारी वर्षाको समेत सम्भावना रहेको छ। मधेश प्रदेश र लुम्बिनी प्रदेशको तराईका थोरै स्थानहरूमा हावा हुरीको समेत सम्भावना रहेको छ।

देशका केही स्थानहरूमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। कोशी, मधेश, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशको एक–दुई स्थानमा मेघ–गर्जन÷चट्याङ्ग सहित भारी वर्षाको समेत सम्भावना रहेको छ। मधेश प्रदेश र लुम्बिनी प्रदेशको तराईका थोरै स्थानहरूमा हावा हुरीको समेत सम्भावना रहेको छ ।

त्यसैले सडक तथा हवाई यातायात, स्वास्थ्य, कृषि, पर्यटन लगायतका क्षेत्रहरू प्रभावित हुन सक्ने देखिन्छ। तसर्थ भारी वर्षा, मेघ–गर्जन÷चट्याङ्ग, गेग्रान बहाव, बाढी, पहिरो तथा भूक्षयका कारण हुन सक्ने जोखिम वा क्षतिबाट बच्न आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।

मौसम पूर्वानुमान

Previous article
Next article
बोर्डिङ स्कुलको गेटले थिचेर एक बालकको मृत्यु, एक घाइतेरितिक अधिकारीसर्लाही । सर्लाहीको हरिवन नगरपालिका– ९ नयाँरोडस्थित ज्ञानज्योति बोर्डिङ स्कुलको कम्पाउण्ड वालको मूलगेटले थिच्दा एक विद्यार्थीको मृत्यु भएको छ भने अर्का एक विद्यार्थी घाइते भएका छन् ।ज्ञानज्योतिको कम्पाउण्ड वालको मुलगेट भत्केर बागमती नगरपालिका– ४ जिरायतका आकाश वलका अन्दाजी ५ वर्षीय छोरा आयुष बलको मृत्यु भएको ईलाका प्रहरी कार्यालय हरिवनले जनाएको छ ।प्रहरीका अनुसार गेटले थिच्दा सोही स्कुलको कक्षा २ मा पढ्ने ७ वर्षीय आदित्य लो घाइते भएका छन् । उनलाई स्थानीय स्वास्थ्य केन्द्रमा उपचारपछि थप उपचारको लागि वीरगंज पठाइएको सर्लाही प्रहरीले जनाएको छ ।
spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles