Monday, July 27, 2026

सुनसरीमा मध्यरातमा झडप, एक जनाको मृत्यु, १८ जना घाइते

ताजा / भरखरै प्राप्त

सुनसरी जिल्लाको देवानगञ्ज गाउँपालिका–३, कप्तानगन्जमा प्रहरीको गोलीबाट एक जन व्यक्तिको मृत्यु भएको छ । उक्त घटनामा ८ जना प्रदर्शनकारी घाइते भएका छन्”भने प्रहरीतर्फ पनि ८ जना सुरक्षाकर्मी घाइते भएका छन् । सुनसरी प्रहरीका प्रवक्ता प्रहरी नायव उपरीक्षक (डीएसपी) चन्द्रबहादुर खड्काका अनुसार, दुई पक्षबीच भएको झडपलाई नियन्त्रण गर्न प्रहरीले गोली चलाउनुपरेको थियो । सोही गोली लागेर देवानगञ्ज–३, कप्तानगन्जका २४ वर्षीय ओमप्रकाश मेहताको मृत्यु भएको हो । गोली लागेर गम्भीर घाइते भएका मेहतालाई उपचारका लागि विराटनगरको न्युरो अस्पताल लगिएको थियो, जहाँ आइतबार राति उपचारकै क्रममा उनको निधन भएको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार, साउने सोमबारको बोलबम यात्राको तयारीमा रहेको एउटा समूह डिजे बजाउँदै सप्तकोशी नदीतर्फ जाने क्रममा थियो । त्यही बेला अर्को समूहले रातको समयमा होहल्ला भएको भन्दै विरोध गरेपछि विवाद सुरु भएको थियो।

स्थिति नियन्त्रणमा लिन प्रहरीले पहिले अश्रुग्यास र हवाई गोली प्रहार गरेको थियो, तर त्यसले पनि अवस्था नियन्त्रणमा नआएपछि प्रहरीले गोली चलाएको बताइएको छ।

घाइते भएका ८ जनाको विराटनगरका विभिन्न अस्पतालमा उपचार भइरहेको छ, जसमा अधिकांशलाई गोली लागेको छ । जिल्ला प्रहरी कार्यालय सुनसरीका अनुसार, घाइतेहरूमा २२ वर्षीय मिथलेश यादव, १८ वर्षीय अमलेश मेहता, २५ वर्षीय मिथलेश मेहता र २० वर्षीय अमितकुमार यादवको कोशी अस्पतालमा उपचार भइरहेको छ।

त्यसैगरी, २१ वर्षीय रविन्द्र मेहता, १८ वर्षीय अमितकुमार यादव, २५ वर्षीय सुनिलकुमार मेहता र २६ वर्षीय सुनिलकुमार मेहताको विराट नर्सिङ होममा उपचार भइरहेको छ।

प्रहरीतर्फ प्रहरी निरीक्षक राकेश राईसहित ८ जना सुरक्षाकर्मी घाइते भएका छन् , जसमा राईको टाउकोमा चोट लागेको बताइएको छ, र अन्य घाइते सुरक्षाकर्मीमा प्रहरी नायब निरीक्षक गणेशनारायण श्रेष्ठ, प्रहरी वरिष्ठ हवल्दार अमरलाल यादव, प्रहरी रामबहादुर राई, प्रहरी विजय यादव, प्रहरी सहायक निरीक्षक नवराज पोखरेल, प्रहरी बुद्धदेव साह र प्रहरी जवान निवेश यादव रहेका छन्।

घटनाक्रमका क्रममा कप्तानगन्ज बजारको घर, मेडिकल, सवारीसाधन तथा अन्य संरचनामा तोडफोड र आगजनी भएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रशासन सुनसरीले सुनसरीका पाँच क्षेत्रमा अनिश्चितकालीन कर्फ्यु जारी गरेको छ ।

सुनसरी जिल्लाका हरिनगरा, भुटाहा, कप्तानगञ्ज, घुस्की र देवानगञ्ज बजार क्षेत्रमा जिल्ला प्रशासन कार्यालयले अनिश्चितकालीन कर्फ्यु आदेश जारी गरेको छ।

प्रशासनले जारी गरेको सूचनाअनुसार कर्फ्यु आइतबार बिहान ७:०० बजेदेखि अर्को सूचना जारी नभएसम्म लागू रहनेछ।

कर्फ्यु अवधिभर सम्बन्धित क्षेत्रमा कुनै पनि व्यक्तिलाई आवतजावत गर्न, भेला हुन, जुलुस निकाल्न वा सभा–सम्मेलन गर्न अनुमति दिइने छैन।

प्रशासनले कर्फ्यु आदेशको पूर्ण पालना गर्न सबैसँग आग्रह गर्दै आदेश उल्लंघन गर्ने व्यक्तिलाई प्रचलित कानुनबमोजिम जरिवाना तथा कैद सजाय हुने चेतावनी दिएको छ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles