Friday, January 17, 2025

टिपरको ठक्करबाट आमा-छोरीको मृत्यु

ताजा / भरखरै प्राप्त

विराटनगर । सुनसरीको इटहरीमा टिपरको ठक्करबाट आमा-छोरीको मृत्यु भएको छ ।मंगलबार दिउँसो टिपरको ठक्करबाट इटहरी उपमहानगरपालिका-८ की ४२ वर्षीया सरिता चौधरी र उनकी छोरी २२ वर्षीया अनुशा चौधरीको मृत्यु भएको हो ।मंगलबार करिब पोने ४ बजे धरानबाट पूर्वतर्फ जाँदै गरेको टिपरले सोही दिशातर्फ जाँदै गरेको स्कुटरलाई ठक्कर दिएको थियो ।ठक्करबाट गम्भीर घाइते सरिताको विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान र अनुशाको न्यूरो अस्पताल विराटनगरमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले बताएको छ ।कान्छाराम कन्स्ट्रक्सनको ना१क ९१०७ नम्बरको टिपरले आमा छोरी सवारको १४प५२६ नम्बरको स्कुटरलाई ठक्कर दिएपछि मंगलबार दिउँसो केही समय इटहरी तनावग्रस्त बनेको थियो ।
टिपरले ब्याक गरी मान्छे मारेको स्थानीयले आरोप लगाएका थिए । स्थानीयवासीले टिपर तोडफोड गरेका थिए ।सुनसरीका प्रहरी उपरीक्षक प्रभु ढकालले स्थितिलाई नियन्त्रण लिन सामन्य बल प्रयोग गरेको बताए ।झडपमा प्रहरीतर्फ ९ जना र केही प्रदर्शनकारी पनि सामान्य घाइते भएको उनले बताए ।

Previous article
Next article
राजमार्ग खुलाउन लाठीचार्ज र हवाई फायरराजविराज । पूर्वपश्चिम राजमार्गअन्तर्गत सप्तरीको हनुमाननगर कंकालिनी ३ स्थित महुली पुलमा अवरुद्ध राजमार्ग खुलाउने क्रममा प्रहरीले लाठीचार्ज गर्नुका साथै एक राउन्ड हवाई फायर गरेको छ ।हरेक वर्ष वर्षातमा महुली नदीको बाँध भत्किएर बस्तीमा पस्ने गरेको र यस वर्ष पनि बाँध कटान हुन थाले पनि स्थानीय सरकार लगायत सम्बन्धित निकायले बाँध नियन्त्रणमा चासो नदिएको भन्दै स्थानीय बासिन्दाहरूले केही घण्टादेखि नै प्रदर्शन गर्दैआएका थिए ।आक्रोशित स्थानीय बासिन्दाले पूर्वपश्चिम राजमार्ग अन्तर्गत पोर्ताहाको महुली पुल नजिकै बुधबार दिउँसो सडक अवरुद्ध बनाएका थिए ।सडक खुलाउन गएका प्रहरी र बन्दकर्ताबीच झडप भएको हो । राजमार्ग खुलाउन प्रहरीले लाठीचार्ज गर्नुका साथै हवाई फायर समेत गरेको छ ।सप्तरीका एसपी नरेन्द्र कुमार कार्कीले भने राजमार्ग खुलाउन सामान्य बल प्रयोग गर्नुका साथै सटगनबाट एक राउण्ड हवाई फाइर गरिएको र अहिले राजमार्ग सञ्चालन भएको बताएका छन् ।
spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles