पछिल्लो २४ घण्टामा २२ सय बढी सवारी चालक कारबाहीमा परेका छन् । ट्राफिक नियम उलङघनको आरोपमा उनीहरुलाई कारबाही गरिएको काठमाडौं उपत्यका ट्राफिक कार्यालयले जनाएको छ ।
कारबाहीमा पर्नेमा मापसेमा ६९, लेन उलङघनमा १२०, रेड लाइट प्रवेशमा ७३, चर्को हर्नमा २८ जना चालक रहेका छन् । यसैगरी, नम्बर प्लेट २१, लिडारगनमा १४७ र अन्य १ हजार ७ सय ४५ गरी २ हजार २०३ सवारी चालकलाई कारबाही गरिएको ट्राफिक प्रहरीले जनाएको छ ।