Friday, January 17, 2025

रुपन्देहीमा घुससहित इन्जिनियर पक्राउबुटवल । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले घुससहित इन्जिनियरलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा रुपन्देहीको कोटहीमाई गाउँपालिकामा कार्यरत इन्जिनियर अरविन्दकुमार यादव रहेका छन् । यादवलाई ४५ हजार रुपैयाँ घुससहित पक्राउ गरिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगको बुटवल कार्यालयका सूचना अधिकृत भेषराज रिजालले बताए । घटनाबारे थप अनुसन्धान भइरहेको आयोगले जनाएको छ ।

ताजा / भरखरै प्राप्त

Previous article
Next article
मकाउ पठाउँछु भनेर ठगेको आरोपमा पक्राउकाठमाडौँ । मकाउ पठाउँछु भनेर ठगेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा गोरखाका गण्डकी गाउँपालिका घर भएर ललितपुर बस्ने दुर्गाबहादुर रेग्मी छन् । ५१ वर्षीय रेग्मीलाई काठमाडौँ महानगरपालिका–१४ बाट पक्राउ गरिएको उपत्यका अपराध अनुसन्धान कार्यालयका एसपी रवीन्द्र रेग्मीले बताए । ललितपुरको गोदावरी बस्ने रेग्मीले जित बहादुर थापा मगरलाई ‘मकाउ पठाउँछु’ भनेर ६ लाख ६० हजार ठगेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट थाहा भएको छ । मकाउमा प्रतिष्ठित होटलमा ‘क्लिनरको काम लगाइदिन्छु’ भनेर आरोपित रकम लिएर सम्पर्क विहीन भएका हुन् । आरोपीतलाई थप अनुसन्धान र कारवाहीका लागी वैदेशिक रोजगार विभागमा पठाएको एसपी रेग्मीले जानकारी दिए ।
spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles