प्रदेश प्रमुख खापुङले थापालाई नेपालको संविधानको धारा १६८ को उपधारा (२) बमोजिम मुख्यमन्त्रीमा नियुक्त गरेका हुन् । थापाले मुख्यमन्त्रीका लागि आजै सभामुख बाबुराम गौतमसहित ४७ प्रदेशसभा सदस्यको समर्थनमा दाबी पेश गरेका थिए ।
यही असार १५ गते एमाले नेतृत्वकाे सरकार ढलेपछि नयाँ सरकार गठनका लागि दाबी पेस गर्न प्रमुख खापुङले आज साँझ ५ बजेसम्मको समय सीमा तोकेका थिए ।
थापालाई कांग्रेसका २९, माओवादी केन्द्रका १३ (सभामुखसहित), एकीकृत समाजवादीका ४ र जसपाका एक गरी ४७ जना प्रदेशसभा सांसदको समर्थन रहेको छ ।
योसँगै ७ प्रदेशमध्ये कांग्रेसले ४ वटा प्रदेशमा सरकारको नेतृत्व गर्ने अवसर पाएको छ । गण्डकी, लुम्बिनी र सुदूरपश्चिममा यसअघि नै कांग्रेसको नेतृत्वमा सरकार बनिसकेको छ । बाँकी ३ मध्ये कर्णाली र बाग्मतीमा माओवादी केन्द्र र मधेश प्रदेशमा जसपाको नेतृत्वमा सरकार छ ।